२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस

काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीश पदका लागि २० जना उम्मेदवारको नाम सिफारिस गरेको छ। आन्तरिक खुल्ला, खुल्ला, महिला र आदिवासी जनजाति समूहबाट लिखित परीक्षा र अन्तर्वार्तामा सफल भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको हो।
आयोगले आन्तरिक खुल्ला प्रतियोगितामार्फत ११ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। सिफारिस हुनेमा ताराप्रसाद डाँगी (रुकुम पश्चिम), गोपाल बहादुर भट्टराई (पर्सा), सुमन पाण्डे (कपिलवस्तु), ठाकुरप्रसाद बस्ताकोटी (तनहुँ), विकास बस्नेत (काभ्रेपलाञ्चोक), इन्दिरा कार्की (झापा), टेकराज भुसाल (अर्घाखाँची), वीरेन्द्रप्रकाश खड्का (बाँके), महेन्द्रप्रसाद पौड्याल (रुपन्देही), वासुदेव पाण्डे (नुवाकोट) र ललित सापकोटा (झापा) रहेका छन्।
यसैगरी खुल्ला समूहबाट ६ जना सिफारिस भएका छन्। जसमा शिशिरकुमार यादव (मोरङ), शिवप्रसाद आचार्य (कास्की), हिरालाल भुसाल (गुल्मी), डिल्लीप्रसाद आचार्य (खोटाङ), बाबुराम भट्टराई (गुल्मी) र गोकुल पन्त (कञ्चनपुर) रहेका छन्। खुल्लातर्फको वैकल्पिक सूचीमा स्याङ्जाका लालबहादुर क्षेत्री र चितवनका राजन खनाल रहेका छन्।
महिला समूहबाट झापाकी खेमकुमारी बस्नेत र आदिवासी जनजाति समूहबाट उदयपुरका कर्णबहादुर राई र ललितपुरकी हिरामाया अवाल सिफारिस भएका छन्। मधेसी समूहका लागि छुट्याइएको पदमा शिशिरकुमार यादव खुल्ला समूहमै सिफारिस भएकाले सो समूहमा अन्य उम्मेदवार बाँकी नरहेको आयोगले जनाएको छ।
आयोगको विज्ञापन नम्बर ०००१ देखि ०००५/०८२-८३ अन्तर्गत रिक्त २१ पदका लागि भएको परीक्षामा २७ जना उम्मेदवार अन्तर्वार्तामा सहभागी थिए। लिखित परीक्षा र अन्तर्वार्ताको कुल प्राप्तांकका आधारमा कायम भएको योग्यताक्रम अनुसार पुस १४ गते आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो। सिफारिस भएका यी नामहरू अब नियुक्तिका लागि न्याय परिषद्मा पठाइनेछ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया