चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा निर्धारण गरेको छ। निर्वाचन आउन ६५ दिन बाँकी रहँदा आयोगले भूगोल र सुगमताका आधारमा ५ वटा ‘स्ल्याब’ बनाएर खर्चको हद तोकेको हो।
आयोगका अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्र (क्षेत्र नम्बर १, ३, ६, ७ र ८) का उम्मेदवारले सबैभन्दा कम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। यस्तै, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारका लागि २७ लाख र ६५ वटा निर्वाचन क्षेत्रका लागि २९ लाख रुपैयाँको सीमा तोकिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख र दुर्गम मानिएका २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने जानकारी दिए।
बैंक खाता अनिवार्य
उम्मेदवारले निर्वाचन खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा अनिवार्य रूपमा छुट्टै खाता खोल्नुपर्नेछ। सोही खातामार्फत कारोबार गर्नुपर्ने र आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकेर निजको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने प्रवक्ता भट्टराईले बताए।
आयोगले उम्मेदवारलाई तोकिएको सीमाभित्र रहेर मात्र खर्च गर्न निर्देशन दिएको छ। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको विवरण निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया