वृद्धाभत्ता सहारा एकेडेमीलाई

पोखरा ।
फुटबलमार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील सहारा क्लब पोखरालाई सर्वसाधारणले विभिन्न तरिकाले सहयोग गर्ने गरेका छन् । पछिल्लो समय एक ज्येष्ठ नागरिकले वृद्धभत्ता वापतको रकम नै क्लबले सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीलाई प्रदान गरेका छन् ।
पोखरा ९ बसपार्क निवासी ८० वर्षीय एकप्रसाद थापामगरले यसरी सहयोग गरेका छन् । पोखराको बसपार्कमै ३० वर्षअघि स्थापना भएको सहारा क्लब पोखराका गतिविधि विगतदेखि नियालिरहेका थापाले क्लबका कार्यको प्रशंसा गर्दै वृद्धभत्ता दिएको बताए । दोबिल्ला स्थित एकेडेमीमा हालै आयोजित कार्यक्रममा उनले वृद्धाभत्ताबाट १६ हजार ६ सय बराबरको खाद्यान्न सामग्री एकेडेमीलाई सहयोग गरेका हुन् ।
एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० बालक आश्रित छन् । उनीहरुलाई निःशुल्क आवासीय सुविधासहित शिक्षादीक्षा तथा फुटबल सिकाउने गरिएको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए ।
सहयोग हस्तान्तरण क्रममा एकप्रसादका परिवारका सदस्यहरु पनि उपस्थित थिए । सोही अवसरमा पोखरा १७ निवासी विसन राना र रुपा रानाले छोरा नियोनको ११ आंै जन्मदिन अवसरमा बालकहरुलाई ३२ थान सिन प्याड, ३२ जोर मोजा प्रदान गरे ।
यसैबीच, क्लब हाल आहा रारा पोखरा गोल्ड कपको रजत संस्करणको तयारीमा जुटेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगिता आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा हुँदै छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया