यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले बुझाएको सूचीमा पुराना नेतादेखि उच्चपदस्थ व्यक्तिका आफन्तसम्मको नाम समेटिएको छ।
सूचीमा पञ्चायतकालदेखि पटक–पटक मन्त्री र सांसद भइसकेका नेता अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसम्मको नाम समावेश छ। यस्तै, पूर्वमन्त्रीहरू रोमी गौचन थकाली, भीष्म आङ्दम्बे र भीमसेनदास प्रधान पनि समानुपातिक उम्मेदवार बनेका छन्।
कांग्रेसले पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेती र बहिनी गोमा केसीलाई पनि समानुपातिक सूचीमा राखेको छ।
समानुपातिक सूची तयार पार्ने क्रममा विवाद भएपछि संस्थापन र इतर पक्षबीच ६०/४० को भागबन्डाका आधारमा नाम टुंगो लगाइएको हो। कांग्रेसले २०६४ सालदेखि समानुपातिक कोटाबाट अवसर पाइसकेकालाई यसपटक नदोहोर्याउने मापदण्ड बनाएको छ। साथै, हालका प्रदेशसभा सांसद, स्थानीय तहका पदाधिकारी र प्रदेशसभामा समानुपातिक रहेका व्यक्तिलाई सूचीमा नराखिएको पार्टीले जनाएको छ।
यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार :
१. भीमराज आङ्दम्बे — पाँचथर
२. गोपालमान सिंह — मोरङ
३. थलकुमार लिखा — संखुवासभा
४. विजय सोम्बाहाम्फे — तेह्रथुम
५. गीता गुरुङ — सोलुखुम्बु
६. गीताकुमारी सेन्दाङ — ताप्लेजुङ
७. सविता राई — सुनसरी
८. प्रेमिका राना मगर — इलाम
९. निर्मला गुरुङ — सुनसरी
१०. गोमाकुमारी भट्टराई — झापा
११. सुसिला ढकाल आचार्य — झापा
१२. रुक्मिणिदेवी कोइराला — मोरङ
१३. रिना उप्रेती — सोलुखुम्बु
१४. जमिल अख्तर मियाँ — सुनसरी
१५. गोमा केसी — डोल्पा
१६. डा. प्रमिला गच्छदार — मोरङ
१७. मनुमाया विश्वकर्मा — झापा
१८. चन्द्रेश्वर शर्मा खत्वे — सुनसरी
१९. नगमा शाहिद — सुनसरी
२०. चन्दन झा — सप्तरी
२१. मनहरी श्रेष्ठ — धनुषा
२२. सत्यनारायण चौधरी — उदयपुर
२३. रामसुन्दर महतो — धनुषा
२४. कञ्चनकुमारी पासवान — महोत्तरी
२५. निनु कर्ण — महोत्तरी
२६. कविता यादव — महोत्तरी
२७. सुजाता देवी — पर्सा
२८. परिमिला महतो — धनुषा
२९. औरमिला मौर्य यादव — धनुषा
३०. मोहम्मद अन्सार खाँ — सर्लाही
३१. डा. चन्द्रमोहन यादव — धनुषा
३२. महेन्द्र यादव — सप्तरी
३३. रामनरेश कुशवाहा — बारा
३४. राजेन्द्र जयसवाल — बारा
३५. प्रियंका दास — बारा
३६. पवित्रा सुनार — मकवानपुर
३७. सहजान खातुन — रौतहट
३८. शान्ताकुमारी तामाङ — धादिङ
३९. नियति सिंह — काठमाडौं
४०. ग्याल्जे शेर्पा— रामेछाप
४१. पेम्बा छिरिङ तामाङ — रसुवा
४२. सेतमान तामाङ — धादिङ
४३. महिन्द्र थिङ — नुवाकोट
४४. विनोद प्रकाश कायस्थ — भक्तपुर
४५. जगतबहादुर तामाङ — नुवाकोट
४६. गणेशमान चक्रधर — भक्तपुर
४७. भीमसेन दास प्रधान — काठमाडौं
४८. नारायण श्रेष्ठ — काठमाडौं
४९. डा. गंगालक्ष्मी अवाल — भक्तपुर
५०. रेनुका काउचा — बागलुङ
५१. कमला राजभण्डारी — काठमाडौं
५२. शकुन्तला शर्मा — बागलुङ
५३. अर्जुननरसिंह केसी — नुवाकोट
५४. श्रीविनोद भट्टराई — काठमाडौं
५५. सीतादेवी देवकोटा — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)
५६. सीता थपलिया (उर्मिला) — रौतहट
५७. उमा शिवाकोटी — झापा
५८. सर्मिला श्रेष्ठ — मकवानपुर
५९. छिरिङ डोल्मा शेर्पा — दोलखा
६०. नरेन्द्रजंग थापा — सिन्धुली
६१. हरिशरण नेपाली — काठमाडौं
६२. संज्ञा पोखरेल पौडेल — कास्की
६३. जगतबहादुर बराम — गोरखा
६४. आईबहादुर गुरुङ — कास्की
६५. रोमी गौचन थकाली — मुस्ताङ
६६. राधा कार्की — झापा
६७. माया राना — स्याङ्जा
६८. इन्दिरा खनाल — तनहुँ
६९. पार्वती आचार्य — बागलुङ
७०. सरिता घिमिरे — नवलपरासी
७१. सिर्जना मल्ल — पर्वत
७२. सुन्दर स्नेही — बझाङ
७३. रामानन्द चौधरी (ललन) — धनुषा
७४. झकबहादुर पुन — गुल्मी
७५. पुष्पा श्रेष्ठ — रोल्पा
७६. सुनिताकुमारी सुवेदी श्रेष्ठ — नवलपरासी
७७. तोला राना — कञ्चनपुर
७८. डा. चन्द्रमोहन यादव — धनुषा
७९. उषा राउत मिश्र — सिरहा
८०. गंगा शाही — रुपन्देही
८१. कृष्णप्रसाद अधिकारी — पाल्पा
८२. विमला गैरे — कपिलवस्तु
८३. रितासिंह ओली — रुपन्देही
८४. मधुप्रसाद न्यौपाने — दाङ
८५. मिनराज चौधरी — बर्दिया
८६. सन्तप्रसाद चौधरी — रुपन्देही
८७. प्रतिमा चौधरी — बर्दिया
८८. देविका नेपाली — दाङ
८९. ललिता सुनार — अर्घाखाँची
९०. दुखीराम लोनिया — बाँके
९१. मिश्रीलाल यादव — बर्दिया
९२. दिपनारायण वर्मा — बाँके
९३. अंकित मियाँ — कपिलवस्तु
९४. धुर्बहादुर मल्ल — सल्यान
९५. रोम रोकाय — मुगु
९६. कालिबहादुर सहकारी — कालिकोट
९७. पार्वती कुमारी गिरी — सुर्खेत
९८. ताराबहादुर लामा — हुम्ला
९९. सरस्वती श्रेष्ठ — दैलेख
१००. मानबहादुर नेपाली — रुकुम
१०१. हजारी नेपाली वादी — जाजरकोट
१०२. करबिरसिंह कार्की — दार्चुला
१०३. यज्ञनिधि कोइराला — कैलाली
१०४. दिपेन्द्रबहादुर बम — बैतडी
१०५. विद्यादेवी तिमिल्सिना — बाजुरा
१०६. रिताकुमारी चौधरी — कैलाली
१०७. प्रसिस महरा — डोटी
१०८. कल्पना केसी — कञ्चनपुर
१०९. टेकबहादुर विक — अछाम
११०. हरिना कामी — डडेलधुरा









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया