विद्यार्थीको दाँत जाँच

समाधान संवाददाता २०८२ पुष १६ गते ११:०२

पोखरा ।
इनरह्वील अफ न्युरोड पोखराले ढिकालेथरमा रहेको सरस्वती आधारभूत विद्यालयमा दन्त शिविर आयोजना गरेको छ । शिविरमा स्कुलका विद्यार्थी र शिक्षकको दाँत परीक्षण गरिएको छ ।

Advertisement


कान्तिपुर डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा सोमबार भएको शिविरमा १ सय ७० जनाले लाभ लिएका छन् । टोलीले दन्त स्वास्थ्यबारे जानकारी दिनुका साथै दात माझ्ने टुथपेस्ट र ब्रससमेत बिरतण गरेको थियो ।


शिविरमा कान्तिपुर डेन्टल हस्पिटलका डा छाया थापा, रिया थापा प्रविधिकहरु सुचम थापा, सबिरना गुरुङ, आकृति आले, एरिका गौतम, लक्सी मुना मगर, एलिना केसी, आस्था थापा र सर्मिला अधिकारीले सेवा प्रदान गरेका थिए ।

Advertisement


क्लब अध्यक्ष मेनुका श्रेष्ठ लाभाजुको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रूद्रबहादूर रानाभाट, क्लवकी सचिव सरस्वती तन्जिया, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलबहादुर कार्की, सर्मिला अधिकारी, क्लबकी संस्थापक अध्यक्ष निर्मला मल्ल जोशी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया