पशुपति मन्दिरको सभा

पोखरा ।
पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति पोखरा ८ सिमलचौरको १४ औ वार्षिक साधारण सभा मंगलबार भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८का पूर्व वडा अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले पशुपति मन्दिर पोखराको पवित्र धाम भएको बताए ।
‘राम जानकी पार्क हुँदै २०५५ सालमा स्थापना भएको धार्मिक क्षेत्रले सबैलाई एक ठाउँमा ल्याउने सन्देश दिएको छ,’ उनले भने, ‘धार्मिक एकता आजको आवश्यकता हो । बहुसंख्यक धर्माबलम्बीले सबैलाई एकाकार बनाएर लैजानु पर्छ ।’ उनले मानिसहरु पवित्र काममा लागेको खण्डमा मात्र मन्दिर आएको सार्थक हुने चर्चा गरे । उनले नवयुवा पुस्तालाई समेत धर्म संस्कृति र परम्पराको बारेमा सिकाउन पर्ने उल्लेख गरे ।
पोेखरा महानगरपालिका वडा नम्बर ८ का वडा सदस्य गोविन्द बरालले सबै धर्माबलम्बी दाताको सहयोगमा मन्दिरको सञ्चालन र व्यवस्थापन गरेको बताए । उनले कार्यविधि निर्माण गरेर शिक्षा अक्षयकोषलाई अगाडि बढाउने जानकारी दिए ।
मन्दिर व्यवस्थापन समिति सल्लाहकार परशुराम बरालले प्रत्येक घर मन्दिर जस्तो हुनुपर्ने बताए । मन्दिरमा कुनै पनि भेदभाव नभएर सुख, शान्ति मिल्ने तर्क गर्दै उनले सबै घर मन्दिर जस्तो भए समुन्नत समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सभाले समितिका सचिव कृष्णहरि सिग्देलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण बरालले पेश गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको समितिका अध्यक्ष दामोदर सिग्देलले जानकारी दिए ।
साधारण सभाको उद्घाटन समारोहमा मन्दिरका संस्थापक अध्यक्ष बाबुराम पौडेल, मन्दिरका आजीवन सदस्य तथा नेपाल सरकारका पूर्व उपसचिव प्रेमराज गिरी, आजीवन सदस्य तथा श्रीराम टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पौडेल, समितिका सहसचिव देवका पौडेल लगायतले बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया