टेनिसमा शिवाली च्याम्पियन

समाधान संवाददाता २०८२ पुष १६ गते ११:३८

पोखरा ।
पोखरामा जारी २२ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा शिवालीले नेपाल शीर्ष वरियता प्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।

Advertisement


सुनिराले दोस्रो स्थानमै चित्त बुझाइन् । मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सीमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफूलाई अन्तिम दुईमा उभ्याए । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदीपले दोस्रो र तेस्रो सेट क्रमश ६–४, ६–२ ले गुमाए ।


अर्को सेमीफाइनलमा भारतबाट आएका नेपाली खेलाडी करनबहादुर थापाले राजविर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे । योसँगै प्रतियोगिताको मुख्य इभेण्न्ट मेन्स सिंगलको उपाधिका लागि आयुषमान र करणको भेट पक्का भएको हो । ५५ वर्ष भन्दा माथीको पुरुष एकलतर्फ चन्द्र शाही प्रथम भएका छन् ।

Advertisement


जीवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गर्दै शाहीले उपाधि रक्षा गरेका हुन् । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जिते । ३५ वर्षमाथि सिंगल्समा पूर्व नेपाल नं १ जितेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने भएका छन् ।


मंगलबार सम्पन्न सेमीफाइनलमा जितेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भिष्म जंग गुरुङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम बुधबार हुने टुर्नामेन्ट सुपरभाइजर कुमार अधिकारीले जनाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया