आँधीखोलाका युवा संगठित

समाधान संवाददाता
पोखरा
शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्यले स्याङ्जाको आँधीखोलाका युवा संगठित भएका छन् । शनिबार भएको वृहत भेलाले हरि ढकालको अध्यक्षतामा युथ अफ आँधीखोला गठन गरेको छ । ३१ सदस्यीय समितिको उपाध्यक्षमा दीपेन्द्र खड्का र पवनकाजी अधिकारी, महिला उपाध्यक्षमा शारदा शर्मा, सचिवमा एलपी ढकाल, सहसचिवमा भीमप्रसाद पौडेल र कोषाध्यक्षमा लीलाधर लामिछाने चयन भए ।
सहजीकरणमा युवराज पौडेल, रवीन्द्र क्षेत्री, कृष्ण खड्का र झलक लामिछाने छन् । समिति गठन भएकै दिन आर्थिक संकलन गरी युवाहरुले सहयोगसमेत हस्तान्तरण गरेका छन् । आँधीखोला– ५ का दृष्टिविहीन पदमबहादुर बिक, आँधीखोला– ६ ढाँडीखेत बस्ने रामकुमार बिक (लामा), आँधीखोला– ६ फापरथुमका शारीरिक अशक्त धनबहादुर बस्नेतलाई उनीहरुको घरमै पुगी खाद्यान्न, फलफूल लगायत सामग्री हस्तान्तरण गरेको सहजकर्ता युवराज पौडेलले जानकारी दिए ।








तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया