अब नेपालमै कोरोना भाइरसको परीक्षण

समाधान संवाददाता, काठमाडाैं
अब नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्।
‘कोरानाको परीक्षणका लागि आवश्यक केमिकल आइसकेकाले आजदेखि परीक्षण गर्ने तयारी छ’ उनले भनिन् ‘उपचारको क्रममा चिकित्सकले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण गरिन्छ।’
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको थियो। चीनबाटै आएका एक नेपालीमा कोरोना भाइरस भएको पुष्टि भैसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ।
नेपालमा हालसम्म एक जनामा कोरोना भाइरसको पुष्टि भएकोसँगै अरु दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया