नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर

पोखरा । नेपाल टेलिकम पोखराले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सूचना प्रविधि र डिजिटल साक्षरतासम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले साताव्यापी व्यापार प्रवर्द्धन मेला, २२ दिनसम्म चल्ने उपहार योजना र विद्यालय केन्द्रित साक्षरता अभियान सार्वजनिक गरेको हो ।
कार्यालय प्रमुख प्रेमराज ढुंगानाका अनुसार अभियानअन्तर्गत पोखराका २२ वटा सरकारी विद्यालयमा ‘डिजिटल साक्षरता कक्षा’ सञ्चालन गरिनेछ । उक्त कक्षामा किशोरकिशोरीहरूलाई साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेटको सही प्रयोग र अनलाइन दुर्व्यवहारबाट जोगिने उपायहरूबारे प्रशिक्षण दिइने उनले बताए ।
वार्षिकोत्सवकै अवसरमा टेलिकम कार्यालय परिसरमा आगामी माघ १८ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुनेछ । सो अवसरमा विद्यार्थीहरूका लागि विशेष ‘एफटिटिएच स्टुडेन्ट अफर’ प्रवर्द्धन गरिनेछ । साथै, सेवाग्राहीले अत्याधुनिक प्रविधि ‘वाइफाइ–६’ र ‘एक्सेस प्वाइन्ट’ को प्रत्यक्ष अनुभव लिनुका साथै आवश्यक परामर्श पनि पाउनेछन् ।
टेलिकमले ग्राहकलाई डिजिटल सेवामा अभ्यस्त गराउन ‘एनटी एप’ डाउनलोड अभियान र महिनाभर चल्ने ‘क्लिक एण्ड विन’ लक्की ड्र प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । टेलिकम पोखराका बजार शाखा प्रमुख महेन्द्रप्रसाद रिमालका अनुसार यो योजनाअन्तर्गत टेलिकम कार्यालयमा फोटो खिचेर सामाजिक सञ्जालमा सेयर गर्ने ग्राहकले आकर्षक उपहार जित्न सक्नेछन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया