ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ८.४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखराको न्युरोडस्थित सिटी स्क्वायर ब्यांक्वेटमा सम्पन्न बैंकको १३औं वार्षिक साधारण सभाले सञ्चालक समितिको लाभांशसहितका प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभामा बोल्दै पूर्वसञ्चालक विश्वमोहन अधिकारीले देशको विद्यमान आर्थिक चुनौतीका बाबजुद बैंकले हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको बताए । अर्का पूर्वसञ्चालक मनोविज्ञान श्रेष्ठले आगामी वर्ष सेयरधनीलाई दोहोरो अंकमा प्रतिफल दिने गरी कार्ययोजना बनाउन सुझाव दिए । डा. प्रदीप घिमिरेले गुणस्तरीय बैंकिङ सेवा र डिजिटलाइजेसनमा जोड दिन आग्रह गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरिबहादुर बुढाथोकीले शाखा सञ्जालमार्फत वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हामी दिगो लगानी प्रवर्द्धन, डिजिटल उपकरण विस्तार र हरित बैंकिङमार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्दै अघि बढ्नेछौं ।’
कार्यक्रममा बैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन सिइओ बुढाथोकीले गरेका थिए









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया