एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने

पोखरा । पोखरामा प्लस टु स्तरीय अन्तरविद्यालय एलिट ट्रफी क्रिकेट प्रतियोगिताको हुने भएकाे छ । लियाे क्लब अफ पोखरा सेन्ट्रल टाउनकाे आयाेजनमा प्रतियोगिता हुन लागेकाे हाे ।
प्रतियोगिता माघ ४ गतेदेखि माघ ८ गतेसम्म मालेपाटन मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा पोखराका १४ वटा विद्यालयहरुको सहभागिता रहेको छ।
प्रतियोगिताका संयोजक तथा लियो जिल्ला परिषद् ३२५ एम नेपाल ‘एम’ का विभागीय अध्यक्ष सुन्दर कार्कीले प्रतियोगिता युवाहरुका लागि अवसरको रुपमा रहने बताए। उनले यसअघि स्नातक तहका विद्यार्थी लक्षित प्रतियोगिताको भइसकेका बताए।पावरहाउस क्लासर्स र पोखरा फिनिक्स क्रिकेट क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएकाे हाे ।
उनका अनुसार प्रतियोगितामा विजेता टोलीले १० हजार रुपैयाँ र उपविजेता टोलीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टोलीका खेलाडीलाई कक्षा ११ र १२ मा ८० हजार रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ भने उपविजेता टोलीका खेलाडीलाई सोही कक्षामा ७० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।
यसका साथै उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ। विजेता खेलाडीलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक तथा टोलीलाई ट्रफी प्रदान गरिनेछ। दर्शकहरुको रोजाइमा पर्ने टोलीलाई ५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ, जुन प्रतियोगिताको शीर्षक प्रायोजक ‘एईसीसी ग्लोबल’ले उपलब्ध गराउनेछ।
प्रतियोगिता नेपाल क्रिकेट संघका सबै नियमहरु पालना गर्दै टी–१० ढाँचामा सञ्चालन हुनेछ। खेल रातो क्रिकेट टेनिस बल प्रयोग गरी कार्पेटमा खेलाइनेछ।
पावरहाउस क्ल्याशर्सका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रतियोगिताका उपसंयोजक दीपक क्षेत्रीले सञ्चालन गरेका थिए। प्रतियोगिताको अन्तिम तयारी पूरा भइसकेको र मैदान खेल्नका लागि पूर्ण रुपमा तयार रहेको बताइएकाे छ ।








आयोगको निर्णयपछि सभापति थापाको अपिल : अब कांग्रेसमा गुटबन्दी हुँदैन, देउवाको साथ पाउने विश्वास छ
निर्वाचन आउन ४७ दिन बाँकी : सामग्री ढुवानीका लागि १३ कम्पनी सूचीकृत, हेलिकप्टरमा परेन आवेदन
कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु
पर्वतको कुश्मामा निःशुल्क शिविर : ५७४ को परीक्षण, ७३ ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया