इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त

पोखरा ।
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
पोखरा, २ माघ
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पोखराको लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा सह–प्राध्यापक डा. गोपालप्रसाद घिमिरे नियुक्त भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालयको सिफारिसमा त्रिभुवन विश्वविश्वविद्यालयको कार्यकारी परिषदले डा. घिमिरेलाई यो जिम्मेवारी सुम्पेको हो ।
घिमिरेसहित कृष्णप्रसाद भण्डारी, दीपक थापा अन्तर्वार्ताबाट समेत छनोट भएपछि नियुक्तिका लागि सिफारिस भएका थिए । त्रिविको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम र समयबद्ध पदमा नियुक्तिका आधार तथा मापदण्ड विनियम बमोजिम खुला प्रतिस्पर्धाबाट उनी क्याम्पस प्रमुखमा चुनिएका हुन् ।
क्याम्पसको नेतृत्वका डा. घिमिरेसहित कृष्णप्रसाद भण्डारी, दीपक थापा, बाबुराम भण्डारी र डा. हरिशरण अधिकारीले आवेदन दिएका थिए । छनोट समितिले उम्मेदवारहरूले पेस गरेको क्याम्पस सुधारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकन पश्चात डा. घिमिरेलाई नियुक्त गरेको हो ।
नवनियुक्त क्याम्पस प्रमुख डा. घिमिरे लामो समयदेखि पश्चिमाञ्चल क्याम्पस (डब्लुआरसी) मै प्राध्यापनरत छन् । २८ वर्ष शिक्षण अनुभव भएका उनीसँग सहायक क्याम्पस प्रमुख (शैक्षिक)का रुपमा समेत जिम्मेवारी निर्वाह गरेको अनुभव छ । उनले दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबाट बायोकेमेस्ट्री विषयमा विद्यावारिधि (पिएचडी) हासिल गरेका छन् । बायोकेमिस्ट्री र जेनेटिक इन्जिनियरिङमा विशेष दख्खल राख्ने घिमिरेसँग क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधिमा लामो अनुभव छ ।
सन् २०१४ देखि १६ सम्म घिमिरेले दक्षिण कोरियाको सनमुन विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रुपमा सेवा गरेका थिए ।
देशभरिका इन्जिनियरिङ विद्यार्थीको रोजाइमा पर्ने पश्चिमाञ्चल क्याम्पसले नयाँ नेतृत्व पाएसँगै क्याम्पसको शैक्षिक तथा भौतिक सुधारले थप गति लिने अपेक्षा गरिएको छ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर १ जिता स्थायी घर भई हाल बाटुलेचौर पोखरा बस्दै आएका डा. घिमिरेले आफ्नो कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, अनुसन्धानमुखी वातावरण तयार पार्ने र प्रशासनिक चुस्तता कायम राख्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।








कांग्रेसको आधिकारिकता गगन थापालाई, देउवाले गुमाए रुख चिह्न
कांग्रेसको विशेष महाधिवेशनमा गण्डकीका ११ सांसद
समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया