समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता

समाधान संवाददाता २०८२ माघ २ गते १९:०३

पोखरा ।
पोखराबाट २३ वर्षदेखि नियमित प्रकाशित हुँदै आएको गण्डकी प्रदेशको प्रतिष्ठित सञ्चारमाध्यम समाधान राष्ट्रिय दैनिकले प्रेस काउन्सिल नेपालको पत्रपत्रिका वर्गीकरणमा ‘राष्ट्रिय क’ वर्गको मान्यता प्राप्त गरेको छ । काउन्सिलले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार पत्रिकाले आफ्नो गुणस्तर, प्रभावकारिता र निरन्तरताको मूल्यांकन स्वरूप यो श्रेणी हासिल गरेको हो । काउन्सिलले २०७९ /८० को पत्रपत्रिकाको वर्गीकरणको नतिजा शुक्रबार प्रकाशन गरेको हो ।

Advertisement


प्रेस काउन्सिल नेपालले देशभरका पत्रपत्रिकाहरूको सम्परीक्षण गरी हरेक वर्ष वर्गीकरणको नतिजा सार्वजनिक गर्ने गर्छ । समाचारको सन्तुलन, विचारको विविधता, सम्पादकीय स्वतन्त्रता, पत्रकार आचारसंहिताको पूर्ण पालना, तोकिएको पृष्ठ संख्या र वितरण प्रणाली जस्ता कडा मापदण्डहरूका आधारमा पत्रपत्रिका वर्गीकरण हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया