पर्यटन बोर्डकाे सिइओमा धनञ्जय रेग्मीकाे नियुक्ती

समाधान संवाददाता
काठमाडौं
पर्यटन बोर्डको नयाँ सिइओमा धनञ्जय रेग्मी नियुक्त भएका छन् । मंगलबार साँझ बसेको बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीलाई नियुक्त गरेको हो । सिइओ उपसमितिले रेग्मी सहित ३ जनाको नाम सिफारिस गरेको थियो । जसमा रेग्मीको सबैभन्दा बढी नम्बर आएको थियो ।
१७ जनाले आवेदन दिएकामा ९ जनालाई शैक्षिक योग्यता र अनुभवका अनुधारमा सर्ट लिस्ट गरिएको थियो । ९ जनाले दिएको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा नम्बर दिइएको थियो । सिइओको कार्यकाल ४ वर्षको हुन्छ । रेग्मी वातावरण अभियानकर्मी हुन । सन् २००६ मा इन्भारोमेन्टल अर्थ साइन्समा जापानको विश्वविद्यालयबाट विद्यावारिधि गरेका रेग्मीसँग जियोग्राफी शिक्षकका रुपमा बुढानीलकण्ठ स्कुलमा अध्यापन गरेको अनुभव छ । हिमालयन क्लाइमेट सेन्टर काठमाडौंमा रिसर्च असिस्टेन्ट समेतमा रुपमा काम गर्दै आएका छन् ।
पिएचडी पूरा गरेपछि रेग्मीले जापान सपारोस्थित नोडाल कार्याल्यमा पोस्ट डक्टरल रिसर्च फेलोका रुपमा ग्लोबल ल्यान्ड प्रोजेक्टमा समेत काम गरेका थिए । उनले एरिजोना विश्वविद्यालयबाट ३ महिने डेन्ड्रोक्रोनोलोजिकल रिसर्चसमेत गरेका थिए । रेग्मी अहिले त्रिभुवन विश्वविद्यालयमा जियोग्राफी विभागमा सहप्रध्यापक छन् ।
सन् २००७ देखि उनी अध्यक्षका रुपमा सेर नेपालमा इकोलोजिकल रिट्रोरेसन एन्ड रेट्रोरेसन एक्टिभिटिजमा पनि काम गरिरहेका छन् । उनी सिबानी हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष तथा हिमालयन रिसर्च एक्सपेन्डिसन नेपाल र हिमालयन नर्थ फेस रिसोर्ट लुक्लाका अध्यक्षसमेत हुन् ।





मणिपालमा बुद्ध विशाल बजार व्यवसायीलाई छुट
थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया