‘संसदमा आवाज उठाउँदा धम्कीः नेता कृष्णचन्द्र नेपाली

समाधान संवाददाता २०७६ माघ १५ गते १२:३६

समाधान संवाददाता, पाेखरा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सभाको विशेष समयमा बोल्दै संसदमा आवाज उठाउन पनि डरको स्थिति आएको बताएका छन् । सांसद राजीव गुरुङ (दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मीलन गुरुङलाई मुख्यमन्त्री कप उद्घाटनको दिनमा झापड हानेको विषयमा सभामा बोल्ने सांसद विरुद्ध ‘धम्की जस्तो’ भाषा प्रयोग भएको पोखरलले बताए ।

माघ १२ गतेको सभामा सभामुखले प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) प्रहरी हिरासतमा रहेको कुरा जानकारी गराउनुभयो । तत् पश्चात्त बोल्ने क्रममा कास्कीकै सांसद विन्दुकुमार थापा संसदको गरिमा र मर्यादा कसरी कायम गर्ने भन्ने विषय उल्लेख गर्नुभयो,’ पोखरेलले भने, ‘संसदमा प्रस्तुत हुने आ–आफ्नै शैली हुन्छ । सोही विषयलाई लिएर सञ्चारमाध्यममा एक प्रकारको धम्की जस्तो भाषा प्रयोग भएको सुन्नमा आयो ।’ उक्त दिनमै साँझपख जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ हजार धरौटीमा ३ दिनको हिरासत बसाइपछि मुक्त भएका सांसद गुरुङले आफूविरुद्ध मीलनलाई उचाल्न कांग्रेस पार्टी लागिपरेको आरोप लगाएका थिए । राजीवले कांग्रेस सांसद विन्दुकुमार थापालाई एन्फा अध्यक्ष मीलनको ‘बोस’को संज्ञा दिएको खबर सञ्चार माध्यममा आएका थिए ।

Advertisement

नेता पोखरेलले सभामा उठाएका कुरालाई लिएर प्रश्न उठाए सांसदलाई आवाज उठाउने डरको स्थिति हुने बताए । संसदको गरिमा जोगाउनतिर चिन्तित बन्न उनको आग्रह थियो ।

Advertisement

तपाईको प्रतिक्रिया