उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण

पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहजीकरण र पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजनामा १० दिने उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण (टिओटी) तालिम आइतबारदेखि सुरु भएको छ । तालिममा विभिन्न क्षेत्रका १८ जना सहभागी छन् ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले प्रतिष्ठानसँगको सहकार्यमा तालिम सञ्चालन गर्न पाउँदा प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थानीय तहको क्षमता विकासका लागि सँगै रहेको महसुस भएको बताए । ‘यो तालिमले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्न ज्योतिका रूपमा काम गर्नेछ र स्थानीय उत्पादनलाई प्रोत्साहन दिनेमा दुई मत छैन,’ उनले भने ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले स्थानीय तहको आयोजना र जिपिटिए सहजीकरणमा टिओटी तालिम पहिलोपटक सञ्चालन भएको बताए । प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना र प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेल प्रशिक्षक थिए ।
निर्देशक तिमिल्सिनाले प्रशिक्षार्थीको क्षमता विकासका साथै सफल उद्यमी बन्न सहजीकरणको सीप प्रदान गरिएको जनाए । तालिममा सहभागी प्रशिक्षार्थी मौसम तिमिल्सिनाले पोखरामै उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त गर्न पाउँदा खुसी लागेको बताए ।
स्थानीय स्तरको आर्थिक विकासमा योगदान दिँदै स्थानीय स्तरमै उद्यमशील प्रशिक्षक उत्पादन गर्नु तालिमको मुख्य उद्देश्य रहेको जानकारी अध्यक्ष मनहर कडरियाले दिए । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेश सरकारको तालिम र अनुसन्धान प्रदायक एक स्वायत्त संस्था रहेको प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले बताए ।








देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
कास्की क्षेत्र नम्बर ३ मा कांग्रेस, एमाले र रास्वपासहित १५ जनाको उम्मेदवारी दर्ता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया