कास्की २ मा १७ जनाको उम्मेदवारी, कांग्रेस, एमाले र रास्वपासहित साना दल र स्वतन्त्रको प्रतिस्पर्धा

पोखरा । कास्की प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी निर्वाचनका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार ड्यामसाइटस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका १२ र ५ जना स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र पेस गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले प्राप्त मनोनयनहरूको रुजु गरी उम्मेदवारको दर्ता किताब सार्वजनिक गरेको छ ।
मुख्य दलहरूमध्ये नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद बास्तोला र नेकपा एमालेका तर्फबाट रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उत्तमप्रसाद पौडेल र नेकपा माओवादी केन्द्रबाट प्रेमबहादुर थापा चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन् ।
अन्य राजनीतिक दलहरूबाट पनि उम्मेदवारी परेको छ । नेपाल मजदुर किसान पार्टीबाट विनीता अबाल, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट ओमबहादुर गुरुङ र नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङ उम्मेदवार बनेका छन् । यस्तै, नेपाल जनमुक्ति पार्टीबाट खयमबहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हेमबहादुर थापा पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारका रूपमा ५ जनाले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्रतर्फ विष्णुप्रसाद तिवारी, रामचन्द्र आचार्य, निरन्जन कोइराला, निर्दोष विक्रम पौडेल र वसन्तराज घिमिरेले उम्मेदवारी दिएका हुन् । फागुन २१ गते हुने निर्वाचनका लागि कास्की २ मा यसपटक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।








देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
कास्की क्षेत्र नम्बर ३ मा कांग्रेस, एमाले र रास्वपासहित १५ जनाको उम्मेदवारी दर्ता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया