देशभर २ हजार ६५५ उम्मेदवारी दर्ता, रुपन्देहीमा सबैभन्दा धेरै

पोखरा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल २ हजार ६५५ उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ५ बजेसम्म परेका मनोनयनमध्ये सबैभन्दा बढी उम्मेदवारी रुपन्देही जिल्लामा परेको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा ३५ र क्षेत्र नम्बर ३ मा ३७ जनाले चुनावी प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गराएका छन् ।
सबैभन्दा कम उम्मेदवारी हिमाली जिल्ला मुस्ताङमा परेको छ, जहाँ ४ जनाले मात्र मनोनयन दर्ता गरेका छन् । यस्तै, अर्को हिमाली जिल्ला मनाङमा ५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये पुरुषको संख्या २ हजार ३५२ र महिलाको संख्या ३०३ रहेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत १६५ सिटका लागि मंगलबार देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको हो ।
२७५ सदस्यीय प्रतिनिधि सभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुने कानुनी व्यवस्था छ । समानुपातिक तर्फका उम्मेदवारको मनोनयन यसअघि नै गत १३ र १४ पुसमा भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयनका लागि आयोगले माघ ६ गते मंगलबारको समय तोकेको थियो । यो निर्वाचनले आगामी ५ वर्षका लागि देशको नयाँ नेतृत्व र संसद्को स्वरूप तय गर्नेछ ।
निर्वाचन आयोगले प्राप्त सबै मनोनयनहरूको रुजु गर्ने र दाबी विरोधको प्रक्रियापछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ । मंगलबार भएको मनोनयन दर्तासँगै देशभर चुनावी रौनक बढेको छ । सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू अब आफ्नो क्षेत्रमा प्रचारप्रसार र मतदाता भेटघाटमा सक्रिय हुनेछन् । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र मर्यादित रूपमा चुनावी अभियान सञ्चालन गर्न सबैलाई आग्रह गरेको छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया