कास्की-१ मा उज्यालो नेपाल पार्टीबाट खगोलशास्त्री मनीषा द्वाको उम्मेदवारी दर्ता

पोखरा ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट युवा खगोलशास्त्री मनीषा द्वाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर द्वाले औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएकी हुन्। विज्ञान र प्रविधिको क्षेत्रमा सक्रिय रहँदै आएकी द्वाले राजनीतिमा युवा र विज्ञहरूको हस्तक्षेप आवश्यक रहेको भन्दै चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) मा लामो समयदेखि प्रोजेक्ट को–अर्डिनेटरका रूपमा कार्यरत मनीषा द्वा नेपालको विज्ञान तथा खगोलशास्त्रको क्षेत्रमा परिचित नाम हो । भौतिकशास्त्रमा स्नातकोत्तर गरेकी उनले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई राजनीतिको मूलधारमा ल्याउन आफूले उम्मेदवारी दिएको बताइन्।
उज्यालो नेपाल पार्टीले कास्कीमा विज्ञहरूलाई अघि सार्ने रणनीति अनुरूप कास्की क्षेत्र नम्बर २ मा पनि ऊर्जा विज्ञ कुशल गुरुङलाई उम्मेदवार बनाएको छ । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै द्वाले अबको नेतृत्व परम्परागत ढर्राबाट नभई भिजन र विज्ञानबाट निर्देशित हुनुपर्नेमा जोड दिइन् ।







देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
कास्की क्षेत्र नम्बर ३ मा कांग्रेस, एमाले र रास्वपासहित १५ जनाको उम्मेदवारी दर्ता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया