कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता

समाधान संवाददाता २०८२ माघ ६ गते १९:३५

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय रामघाटमा मंगलबार मुख्य दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहका साथ आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारको दर्ता किताबअनुसार यस क्षेत्रमा साना र ठूला गरी १६ वटा राजनीतिक दल र १ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

Advertisement

नेपाली कांग्रेसका तर्फबाट तिलक बहादुर रानाभाट र नेकपा एमालेबाट बैन बहादुर क्षेत्री (अधिकारी) ले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खडक राज पौडेल र नेकपा माओवादी केन्द्रबाट कुमार परियार चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट बाबु राम थापाले मनोनयन दर्ता गराएका छन् ।

यस क्षेत्रमा अन्य राजनीतिक दलहरूबाट पनि उल्लेख्य उम्मेदवारी परेको छ । उज्यालो नेपाल पार्टीबाट मनिसा द्वा, राष्ट्रिय जनमोर्चाबाट रवि मोहन ढकाल, जनता समाजवादी पार्टी नेपालबाट राम काजी चर्माकार र आम जनता पार्टीबाट हर्क बहादुर थापाले उम्मेदवारी दिएका छन् । यस्तै, मंगोल नेशनल अर्गनाइजेसनबाट श्री मान थापा, नेपाल जनमुक्ति पार्टीबाट मिन बहादुर दर्जी र नेशनल रिपब्लिक नेपालबाट यज बहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

Advertisement

अन्य साना दलहरूमा नेपाल मानवताबादी पार्टीबाट आश बहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्ण बहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट विल बहादुर तामाङ लामा र नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेकपा (एकीकृत मार्क्सवादी लेनीनवादी) बाट पनि उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारका रूपमा कृष्ण बहादुर राउतले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकेको थियो । मनोनयन दर्ताका क्रममा उम्मेदवारहरू बाजागाजा र आफ्ना समर्थकहरूको जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । फागुन २१ गते हुने निर्वाचनका लागि कास्की १ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । सबै उम्मेदवारले आ–आफ्नो एजेन्डासहित चुनावी अभियान सुरु गर्ने बताएका छन् ।

Advertisement

कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय रामघाटमा मंगलबार मुख्य दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहका साथ आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारको दर्ता किताबअनुसार यस क्षेत्रमा साना र ठूला गरी १६ वटा राजनीतिक दल र १ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट तिलक बहादुर रानाभाट र नेकपा एमालेबाट बैन बहादुर क्षेत्री (अधिकारी) ले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खडक राज पौडेल र नेकपा माओवादी केन्द्रबाट कुमार परियार चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट बाबु राम थापाले मनोनयन दर्ता गराएका छन् ।

यस क्षेत्रमा अन्य राजनीतिक दलहरूबाट पनि उल्लेख्य उम्मेदवारी परेको छ । उज्यालो नेपाल पार्टीबाट मनिसा द्वा, राष्ट्रिय जनमोर्चाबाट रवि मोहन ढकाल, जनता समाजवादी पार्टी नेपालबाट राम काजी चर्माकार र आम जनता पार्टीबाट हर्क बहादुर थापाले उम्मेदवारी दिएका छन् । यस्तै, मंगोल नेशनल अर्गनाइजेसनबाट श्री मान थापा, नेपाल जनमुक्ति पार्टीबाट मिन बहादुर दर्जी र नेशनल रिपब्लिक नेपालबाट यज बहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

अन्य साना दलहरूमा नेपाल मानवताबादी पार्टीबाट आश बहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्ण बहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट विल बहादुर तामाङ लामा र नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेकपा (एकीकृत मार्क्सवादी लेनीनवादी) बाट पनि उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारका रूपमा कृष्ण बहादुर राउतले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकेको थियो । मनोनयन दर्ताका क्रममा उम्मेदवारहरू बाजागाजा र आफ्ना समर्थकहरूको जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । फागुन २१ गते हुने निर्वाचनका लागि कास्की १ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । सबै उम्मेदवारले आ–आफ्नो एजेन्डासहित चुनावी अभियान सुरु गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया