पेटी परीक्षामा ३ सयभन्दा बढी सहभागी

समाधान संवाददाता २०७६ माघ १९ गते १४:४४

समाधान संवाददाता
पोखरा

नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा पेटी परीक्षा भएको छ । लेखनाथ डोजो, पिएन डोजो, बागमारा डोजो, रंगशाला डोजोका गरी ३ सयभन्दा बढी खेलाडीले पेटी परीक्षा दिए । सेतो पेटीबाट पहेँलो पेटीमा जाने, पहेँलोबाट ओरेन्ज पेटीमा जाने, ओरेन्जबाट हरियोमा जाने, हरियोबाट नीलो पेटीमा जाने, नीलोबाट खैरो पेटीमा जाने र खैरोको तह घटाउने खेलाडीले पेटी परीक्षा दिएका छन् ।

गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले खेलले देशको नाम कमाएको बताइन् । उनले गत दक्षिण एसियाली खेलकुदमा उक्त विधाका खेलाडीले बढी पदक जितेको बताइन् । उनले राज्यको तर्फबाट खेल क्षेत्रमा कम मलजल भएको बताइन् । उनले विद्यलायमा खेललाई अतिरिक्त क्रियाकलाप विषयमा नभई मूल धारको विषय बनाएर पढाउनुपर्ने धारण राखिन् । उनले कराँतेका खेलाडीले खेलमात्र नखेली अप्ठरो परेको समयमा जीवन रक्षासमेत गर्न सक्ने बताइन् ।

Advertisement

नेपाल क्युकोसिन कान कराँते गण्डकी प्रदेश प्रमुख दीपकबहादुर गोदारले कराँतेको विधामा कास्की जिल्लाले पहिलेदेखि नै उत्कृष्ट नतिजा हासिल गरेको र त्यो इतिहास अहिलेसम्म पनि नमेटिएको बताए ।
पेटी परीक्षामा निर्णायकको भूमिकामा पूर्व राष्ट्रिय खेलाडी लक्षुमण कुँवर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री निर्मल पहारी, जिल्ला प्रशिक्षक सुवास खड्का, निर्मलबहादुर केसी, सुमन प्रतेल, सुष्मी श्रेष्ठ, विनोद नेगी, अर्जुन बराम, धिरज परियार लगायत थिए ।

Advertisement

तपाईको प्रतिक्रिया