समाधानकर्मी कृष्ण न्यापानेलाई पर्यटन पत्रकारिता पुरस्कार

समाधान संवाददाता, पोखरा
तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूलढुंगादेखि बन्दीपुर बजारसम्म पूर्वाधारयुक्त केबुलकार निर्माण गरिरहेको कम्पनीले घोषणा गरेको पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार समाधान दैनिकका दमौली संवाददाता कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ ।
कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा गठित छनोट तथा वितरण समितिले उक्त पुरस्कार न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार कम्पनीको पाँचौं साधारणसभाका अवसरमा यही माघ २५ गते प्रदान गरिने केबुलकारको निर्माण कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन् प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
केबुलकार र बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि कलम चलाएबापत न्यौपानेलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको राशि १ लाख रुपैयाँको सेयर छ । केबुलकार परियोजना पूर्ण चरणमा सुरु भएको १ वर्षपछि पुरस्कारको राशि ३ लाख पुर्याइने र वार्षिकरुपमा ३ पत्रकारलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ । बन्दीपुर, आँबुखैरेनी आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन एवं उद्यमशीलता जागरण ल्याउन कलम चलाएबापत कम्पनीले पुरस्कृत गर्ने नीति बनाएको छ ।









धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया