विज्ञान प्रदर्शनी पुगे विद्यार्थी र अभिभावक

समाधान संवाददाता
पोखरा
पोखरा सभागृहमा जारी ‘बृहत् विज्ञान प्रर्दशनी’मा विज्ञानमा रुचि राख्ने विद्यार्थी र अभिभावक उल्लेख्य मात्रामा पुगेका छन् । सिमुलेसन साइन्स सेन्टर, ललितपुरको आयोजनामा माघ १५ देखी जारी प्रर्दशनी शनिबारसम्म झण्डै ९ हजार विद्यार्थी तथा अभिभावकले अवलोकन गरेको आयोजक संस्थाका कार्यकारी निर्देशक प्रतीक्षा थापाले बताइन् ।
नेपालमै पहिलोपटक पोखराबाट भएको यस्तो बृहत् विज्ञान प्रदर्शनीमा बाल कक्षादेखि कक्षा १२ सम्मका विद्याथीको सहभागिता बढ्दो रहेको थापाले उल्लेख गरिन् । उनले भनिन्, ‘प्रर्दशनीमा विज्ञान प्रविधिसम्बन्धी बाल कक्षादेखि कक्षा १२ सम्मका पाठ्यपुस्तकमा आधारित रहेर विभिन्न १० बढी शैक्षिक शाखा समावेश गरेका छौं ।’ प्रदर्शनी विद्यालयबाट प्रि–बुकिङमार्फत अवलोकनको व्यवस्था मिलाइएको कार्यक्रम संयोजक इरज श्रेष्ठले जानकारी दिए । प्रर्दशनीमा कास्कीसहित, छिमेकी जिल्लाबाट समेत बुकिङ आइरहेको उनले बताए ।
२९ गतेसम्म हुने प्रदर्शनीमा रोबटिक्स, भिआर शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामण्डल, विद्युतीय इन्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषयवस्तु तथा मनोरञ्जनात्मक सामग्री राखिएको छ । प्रर्दशनी बिहान ९ देखि साँझ ६ बजेसम्म चल्छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया