क्यान इन्फोटेक मेला पोखरामा

समाधान संवाददाता २०७६ माघ २८ गते १३:५१

समाधान संवाददाता, दमौली

कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्कीको आयोजनामा क्यान इन्फोटकको ११ औं संस्करण फागुन ११ गतेदेखि पोखरामा हुने भएको छ । कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने उद्देश्य बमोजिम क्यान कास्कीले क्यान इन्फोटेक आयोजना गर्न लागेको हो ।

इन्फोटेकमा वृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइटी कन्फेरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइसिटी वक्तृत्वकला प्रतियोगिता, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत सेवा, ल्यापटप साटफेर सुविधा, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं बिक्री वितरण गरिने सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा क्यान कास्कीका सचिव सेवक क्षितिजले जानकारी दिए ।

Advertisement

फागुन १५ गतेसम्म सञ्चालन हुने इन्फोटेक मेलामा १ सय प्रदर्शनी कक्ष रहनेछन् । इन्फोटेक सम्पन्न गर्नका लागि क्यान कास्कीका अध्यक्ष रुक्मांगत भण्डारीको संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकको आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने, ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्न अवसर प्रदान गर्ने जानकारी दिएको छ ।

इन्फोटेकबाट बचत भएको रकमलाई सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । क्यानले विगतका वर्षहरुमा भएको नाफाबाट गृहिणीलाई निशुल्क कम्प्युटर तालिम, दृष्टिविहीनलाई कम्प्युटर शिक्षा प्रदान गरेको थियो ।

Advertisement

२०६५ साल भदौमा स्थापना भएको संस्था २०७१ मा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) मा रुपान्तरित गर्दै विभिन्न कार्य गर्दै आएको छ । क्यानले सूचना प्रविधिको विकास एवं प्रबद्र्धनका लागि स्थापनाकालदेखि निरन्तर कार्य गर्दै सर्वसाधारणसम्म सूचनाको पहुँच पुर्‍याउने काम गरिरहेको छ । पत्रकार सम्मेलनमा महासंघ गण्डकी अध्यक्ष तुल्सीराम पाण्डेले इन्फोटेक क्षेत्रमा भित्रीएको नवीनतम प्रविधि प्रदर्शनी गरिने भएकोले मेला अवलोकन गर्नु पर्ने बन्ने दावी गरे ।

तपाईको प्रतिक्रिया