चलचित्र पत्रकार संघमा अरुण

अमृता परियार
पोखरा
चलचित्र पत्रकार संघ कास्की शाखाको मंगलबार भएको चौथो अधिवेशनले अरुण गिरीलाई अध्यक्ष चयन गरेको छ । संघको उपाध्यक्ष सन्तोष सुवेदी, सचिव प्रभु अधिकारी, सहसचिव सन्तोष बस्याल छन् । कोषाध्यक्षमा उम्मेदवारी नपरेका कारण रिक्त छ । सदस्यहरु विनीता सुनार, अर्पन तिवारी, शंकर तिवारी र आशीष पुरी छानिए ।
अध्यक्ष र सचिव पदका लागि भएको निर्वाचनमा २६ मत खसेको थियो । अरुण गिरीको पक्षमा १५ मत खस्दा अध्यक्षका प्रत्यासी राजाराम पौडेलले ११ मत पाए । सचिव प्रभु अधिकारीले आफ्नो पक्षमा १५ मत पाउँदा भने उनका प्रत्यासी उम्मेदवार सुशन घिमिरेले ११ मत पाए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल संयोजक रहेको ३ सदस्यीय निर्वाचन मण्डलले निर्वाचन गराएको थियो ।
कार्यसमितिका अन्य पदाधिकारी भने निर्विरोध चयन भए । ११ सदस्यीय समितिमा बाँकी २ सदस्य कार्यसमिति बैठकमार्फत मनोनयन गर्न सकिने व्यवस्था छ । केन्द्रीय प्रतिनिधिका लागि सुशन घिमिरे र बोधराज रेग्मी निर्विरोध सिफारिस भएका छन् । यसअघि अध्यक्ष रेम विक नेतृत्वको कार्यसमितिले पेस गरेको आर्थिकसहितको प्रतिवेदन पारित भएको छ । विद्यार्थी पत्रकार









दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया