दि मुग्लानले ३ दिन ३ विशेष कार्यक्रमसहित दाेस्राे वार्षिकाेत्सव मनाउने

समाधान संवाददाता २०७६ माघ २९ गते १४:२५

समाधान संवाददाता, पोखरा

पोखराको न्युरोडमा रहेको दि मुग्लान रेस्टुरेन्ट एन्ड बारले ३ दिन ३ विशेष कलाकारसहित दोस्रो वार्षिकोत्सव मनाउने भएको छ । मुग्लानले फागुन १ देखि ३ गतेसम्म विविध सांगीतिक कार्यक्रम गर्ने सञ्चालक राजमान थकालीले बताए ।

लामो समय अस्ट्रेलियामा सञ्चालित दि मुग्लानले पोखरामा स्थापना भएको छोटो समयमा नै ग्राहकको विश्वास जितेको उनको भनाइ छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मुग्लानले अपेक्षा गरेभन्दा बब सफलता प्राप्त गरेको छ ।’ वार्षिकोत्सव सुरुआतका दिन गायक कमल खत्रीको विशेष प्रस्तुति रहने जनरल म्यानेजर सन्तोष गुरुङले बताए । वार्षिकोत्सवका चर्चित गायक प्रमोद खरेल, तृष्णा गुरुङ, प्राप्ति एन्ड ब्रदर्स व्बान्ड र मोलोडियस ब्यान्डको विशेष सांंगीतिक प्रस्तुति रहने गुरुङले जानकारी दिए ।

Advertisement

मुग्लानले फ्रेस जुसबार, आइसक्रिम पार्लर तथा ग्राहकको थप मनोरञ्जनका लागि २ वटा क्यारावके रुम (आफै गाउन मिल्ने) पनि सञ्चालन गरेको छ । बालबालिकाहरुलाई मध्यनजर गरी प्ले जोन (बालउद्यान) निर्माण गरिएको मार्केटिङ तथा इभेन्ट म्यानेजर सुरज थापाले बताए । अस्ट्रेलियाकै गुणस्तरमा पोखरामा खानाका पारखीलाई सेवा उपलब्ध गराइरहेको प्रबन्ध निर्देशक पुष्पा थकालीले दाबी गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया