डाक्टर केसीले तोडे अनसन

समाधान संवाददाता २०७५ माघ १८ गते १९:२८

१८ पुस, काठमाडौं । डाक्टर गोविन्द केसीले एकतर्फी रुपमा आमरण अनसन तोडेका छन् । २४ दिन सम्म अनसन बस्दा पनि सरकारले वेवास्ता गरेको र उनको आन्दोलनको विरुद्धमा पनि आन्दोलन हुन थालेपछि केसी अनसन तोड्न बाध्य भएका हुन ।

अनसन तोड्ने बेलामा उनले आफ्नो आन्दोलन जारी रहेको बताउदै चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।

Advertisement

केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया