भैंसी र पाडी चोर्ने गिराेह पक्राउ

समाधान संवाददाता २०७६ फागुन ७ गते १२:५०

समाधान संवादाता
वालिङ

स्याङ्जाको भीरकोट नगरपालिकाका २ वटा गोठबाट भैंसी र पाडी चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन ३ गते भीरकोट १ निवासी तेजबहादुर केसीको २ वर्षको पाडी चोरी भएको थियो । त्यसकै भोलिपल्ट भीरकोट २ बस्ने जमुना केसीको ७ वर्षको लैनोे भैंसी गोठबाटै हरायो ।

अमजत अली र महमद अलीले ग१ज ५८४१ नम्बरको जिपमा भैंसी र पाडी बयरघारीतर्फ ल्याउँदै गर्दा प्रहरीले सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनीहरुले भैंसी र पाडी आफ्नो बताए पनि भैंसी किनेर ल्याएको खुलाउन सकेनन् । भैंसी चोरीको उजुरी प्रहरी कार्यालय वालिङमा परेपछि चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए ।

Advertisement

तेजबहादुर र जमुनालाई भैंसी र पाडी देखाउँदा उनीहरुकै भएको र चोरी भएको पुष्टि भएको छ । उनीहरुले प्रयोग गरेको जिपसमेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

‘अन्य सामग्री चोरीका उजुरी प्रहरी कार्यालयमा आउने भए पनि भैंसी चोरीको घटना भने जिल्लामै पहिलो हो,’ प्रनि घिमिरेले भने । चोरीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २२४ को उपदफा २ बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ ।

Advertisement

तपाईको प्रतिक्रिया