महाशिवरात्रि विश्व संगीत महोत्सव

निश्चल प्रजापती
पोखरा
शिवरात्रिका अवसरमा पोखरामा ‘महाशिवरात्रि विश्व संगीत महोत्सव’ हुने भएके छ । नमस्ते व्यान्डको संयोजनामा महोत्सवको पन्ध्रौं संस्करण फागुन १० गते बाराही घाट खेल मैदानमा हुँदै छ ।
‘भगवान् शिवलाई हामी संगीतकर्मी, कलाकारले नाटेश्वरको रुपमा मान्छौं शिवरात्रिलाई गाँजा, भाङ, धतुरोमात्रै होइन, हामी विभिन्न विधाका संगीतप्रेमीले यस दिनलाई संगीतमय बनाऔँ भनेर मैले यसको सुरुआत गरेको हुँ,’ नमस्ते ब्यान्डका संस्थापक ईश्वर गुरुङले भने ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धुनी दीप बाली महोत्सव उद्घाटन गर्ने कार्यक्रममा देश, विदेशका थुप्रै संगीतकार सहभागी हुनेछन् । सोही कार्यक्रमा वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यलाई सम्मान गरिदैँ छ । नेपालको पहिलो ब्यान्ड नमस्तेले यस वर्ष स्थापनाको ३१ औं वार्षिकोत्सव पनि मनाउदैँ छ ।
हरेक ५ वर्षमा हुँदै आएको संगीत महोत्सव अबदेखि भने वर्षैपिच्छे हुने गुरुङले बताए । भिजिट नेपाल १९९८ को अवसरमा कालापत्थरमा कन्सर्ट गरेर अग्लो स्थानमा कन्सर्टको विश्व कीर्तिमान बनाएको नमस्ते ब्यान्डले भिजिट नेपाल २०२० मा राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्यान्ड र संगीतकारसहित महाशिवरात्रि विश्व संगीत महोत्सव मनाउन लागेको हो ।
महोत्सवमा अमेरिकाको पीजे पीस जोइन्ट ब्यान्ड, जापानको बोम शिव मिनामी, युकेबाट रोन युनिटी, टिबटको हिता ग्रुपजस्ता विदेशी संगीतकारको उपस्थिति रहने छ भने नेपालबाट कुटुम्ब, १९७४ एडी, दीप श्रेष्ठ, राजेश पायल राई, यम बराल, उदय, मनिला र श्रेया सोताङ, चिराग सिंह खड्का लगायतको सहभागिता रहनेछ ।
महोत्सवमा ४५ लाख ७५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । कार्यक्रमबाट बचेको रकममध्ये कास्कीको पुम्दीकोटमा निर्माणाधीन ७५ फिट अग्लो शिवमूर्तिका निम्ति २ लाख २५ हजार सहयोग गरिने आयोजकले जनाएको छ ।









लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित
‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया