‘फुडरा’बाट घरमै रेस्टुरेन्टको खाना

निश्चल प्रजापती
पोखरा
पोखरामा खाना डेलिभरी गर्ने कम्पनी फुडरा डेलिभरी प्रालि खुलेको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरी फुडराका सञ्चालक सेसिभ भुर्तेलले खाना डेलिभरी सुरु गरेको जानकारी दिए ।
‘फुड’ र ‘पोखरा’ शब्द मिलाएर कम्पनीको नाम राखिएको उनको भनाइ छ । फुडराले व्यस्त दैनिकी भएका विभिन्न परिकारका सौखिनका लागि घर वा कार्यालयमा नै खाना पुर्याउने भुर्तेलले बताए । हाल पोखराका ५० रेस्टुरेन्टसँग समन्वय भएको उनले सुनाए । ‘अरु रेस्टुरेन्ट पनि हामीसँग आबद्ध हुन आतुर छौं,’ उनले भने ।
पोखरा आएका पर्यटकलाई कहाँ जाने, के खाने भन्ने अन्योल पनि फुडराको वेबसाइट र एन्ड्रोइड वा आइओएस एपबाट सजिलै हट्ने उनको दाबी छ । कम्पनीले प्रति किलोमिटर १० रुपैयाँ शुल्क तोकेको भए पनि आरम्भको पहिलो महिनाभर डेलिभरी सित्तैमा गरिने उनले बताए ।
पोखरामा राती १२ बजेसम्म घरमा नै खाना, मदिरा तथा हुक्का पनि पुर्याउने पहिलो कम्पनी बन्ने उनले जनाए । ‘लाइभ अर्डर ट्राकिङ सिस्टम’ले घरै बसेर अर्डर गरेको खाना वेबसाइट वा एपबाट कहाँ आइपुग्यो हेर्न पनि मिल्नेछ । २० लाख लगानीमा सञ्चालनमा ल्याइएको फुडरामा हाल ५ डेलिभरी पर्सनसहित १० कर्मचारी छन् ।









हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन
ऐतिहासिक ढुंगेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया