लाप्राकमा धुमधाम मकैको बिहे

मकैको बिहेमा लाप्राकका स्थानीय जन्ती । तस्बिरः समाधान
मोहसिन अली मियाँ
गोरखा
परम्परादेखि चलिआएको मकै बिहे यस वर्ष पनि धुमधामले गरिएको छ । धार्चे गाउँपालिका ४ लाप्राकका स्थानीयले बाजागाजासहित मकैको विवाह गरिदिएका हुन् । ज्योतिषीले हेराएको साइत अनुसार पुरानो गाउँमा भेला भएका स्थानीयले विधिपूर्वक मकै बिहे गरेका हुन् । लाप्राकको ठूलो आँगनबाट बेहुला अन्माएर निस्केको जन्तीले बेहुली लिएर गाउँ परिक्रमा गरेको थियो । ‘यो हाम्रो परम्परा देखिको संस्कार हो । हामी बर्सेनि यसरी नै मकैको बिहे गर्छौं’ स्थानीय माइली गुरुङले भनिन्, ‘मकैको बिहे गरेपछि गाउँमा सबै कुरा राम्रो हुन्छ । खेतीपाती राम्रो फल्छ । रोग, कीराले पनि दुख दिँदैन ।’
लाप्राकको मुख्य खाद्य बाली मकै हो । मकैको बिहे गरिदिएपछि उब्जनी राम्रो हुने, असिना, खडेरी तथा अन्य रोग, कीराको प्रकोप नलाग्ने विश्वास छ । हरेक वर्ष माघ १५ देखि फागुन १५ गतेसम्ममा साइत जुराएर मकैको विवाह गर्ने प्रचलन छ । मकै विवाह लाप्राका स्थानीयका लागि मुख्य चाड हो । बेहुला र बेहुली पक्षमा विभाजित भएका स्थानीय १ ठाउँ भेला हुन्छन् र नाचागान गर्छन् । मकैकै परिकार बनाएर खान्छन् ।
हरेक घरबाट १÷१ घोगा मकै लैजानै पर्छ । सबै मकै एकै ठाउँमा जम्मा गरिन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । बिउ मकैलाई त्यसरी चोख्याएपछि कीरा, हिउँ र असिना पानीबाट जोगिने स्थानीयको विश्वास छ । साँझ घाटु नाचसँगै यस वर्षको मकै बिहे सकिएको छ ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया