कोरियाले दुई लाख जनामा कोभिड-१९ को जाँच गर्ने, अमेरिकाले भ्याक्सिन बनाउन १ अर्ब डलर दिने

एजेन्सी
कोभिड-१९ भाइरसबाट संक्रमितको संख्या डरलाग्दो तरिकाले बढेपछि दक्षिण कोरियाले दुई लाख मानिसमा उक्त भाइरस भए/नभएको परीक्षण गर्ने भएको छ।
कोरियाको थेगु सहरमा रहेको सिन्चेन्जी चर्चबाट भाइरस फैलिएको देखिएपछि सरकारले उक्त चर्चका सबै सदस्यको परीक्षण गर्न लागेको हो।
सिन्चेन्जी चर्चका कोरियाभरि रहेका शखामा दुई लाख मानिस सदस्य छन्। दक्षिण कोरियामा मंगलबारसम्म ८ सय ९३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने ८ जनाको ज्यान गइसकेको छ।
कोरियाली सैनिकमा पनि संक्रमण देखिएको छ।
८ जना सैनिकलाई कोभिड-१९ देखिएपछि अमेरिकासँग हुने तय भएको सैन्य अभ्यास रोकिएको छ।
यसैबीच चीनको वुहानबाट सुरू भएर संसारभर फैलिएको कोभिड-१९ को विरूद्धको भ्याक्सिन बनाउन अमेरिकाले १ अर्ब डलर दिने भएको छ।
अमेरिकी राष्ट्रपति कार्यालयले कोरोनाविरूद्धको लडाइँका लागि साढे २ अर्ब डलर छुट्याउन लागिएको र त्यसमध्ये १ अर्ब डलर भ्याक्सिन बनाउन खर्च हुने जनाएको छ।
कोभिड-१९ बाट अहिलेसम्म चीनमा ७७ हजार ६ सय ५८ जना संक्रमित भएका छन् भने २ हजार ६ सय ६३ जनाले ज्यान गुमाएका छन्।









गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन
ऐतिहासिक ढुंगेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया