सांसद राजीवलाई चैत १० गतेको तारिख

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई जिल्ला प्रशासन कार्यालय कास्कीले चैत १० गतेका लागि तारिख तोकेको छ । गत माघ १२ गते तोकिएको तारिख अनुसार गुरुङ मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित भएका थिए । गत माघ १० गते अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मीलन गुरुङमाथि अभद्र व्यवहार गरेको मुद्दाको तारिखमा बोलाइएको कास्कीका सहायक प्रजिअ श्रीनाथ पौडेलले जानकारी दिए । माघ १२ गते कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गुरुङलाई ६ हजार धरौटीमा तारिखमा छाड्न आदेश दिएका थिए ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि मनाङको प्रतिनिधि टिमका खेलाडीलाई खान, बस्न र अभ्यास स्थलको व्यवस्था नगरेको भन्दै पोखरा भण्डारढिकस्थित खेल मैदानमा मीलनमाथि राजीवले हातपात गरेका थिए । माघ ८ गते मीलनले राजीवबाट आफूमाथि अभद्र व्यवहार भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा माघ ९ गते पक्राउ परेका राजीव धरौटी तिरेर साधारण तारिखमा छुटेका थिए ।








ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया