क्यान इन्फोटेकः सूचना प्रविधि संग्रहालयमा दर्शकको चासो

समाधान संवाददाता २०७६ फागुन १५ गते १३:०४
इन्फोटेक मेला चिप्लेढुªगा १४ फागुन M पोखराको जारी क्यान इन्फोटेक मेलामा ह्याकिङसम्बGwL जानकारी लिFदै । पोvराको प्रदz{नी केन्द्रमा फागुन ११ गतेबाट सुरु भएको सो इन्फोटेक मेलामा बिहLafरसम्म चल्नेछ । t:jL/ M जमुनावर्षा शर्मा ÷ रासस

जमुना वर्षा शर्मा
पोखरा

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि संग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ । विशेष गरी नेपालमा प्रविधिको विकास कहिले भयो र कुन कुन समयमा यसको विकास हुँदै गयो भन्ने जानकारीसहित राखिएका पुराना प्रविधिले अवलोकनकर्ताको ध्यानाकर्षण गराएको हो ।

संग्रहालयका संयोजक एवं क्यान सदस्य पुरुषोत्तम कुँवरले पुराना र नयाँपुस्ता दुवैले उत्तिकै रुचिपूर्वक मेला अवलोकन गरेको बताए । क्यान सदस्य कुँवरका अनुसार इन्फोटेकमा १ सय कक्षमध्ये २ कक्षमा पुरानो सूचना प्रविधिको संग्रहालयका रूपमा राखिएको छ । बाँकी ९८ कक्षमा नयाँ प्रविधि छन् । संग्रहालयमा ३० वर्ष पुराना प्रविधि टाइपराइटर मेसिन, कम्प्युटर पेन्टियम टु, पुराना केवल हार्डवेयर डिभाइस, प्रोसेसर, ४० वर्ष पुराना क्यामेरा, ओभरहेड प्रोजेक्टर, टेपरेकर्डर राखिएको छ ।

Advertisement

पोखरा इन्जिनियरिङ कलेजका विद्यार्थीले पनि ह्याकिङसम्बन्धी जानकारी दिन कक्ष राखेका छन् । ह्याकिङबारे धेरै अवलोकनकर्ताले चासो राखेको कलेजका विद्यार्थी निश्चल पौडेलले बताए । उनले भने, ‘अहिले इन्टरनेटबाट आफ्नो डाटा कसरी सुरक्षित राख्ने भन्ने चुनौती बढिरहेको छ । पौडेलले मोबाइलका एपको प्रयोग गर्दा, लिंक ओपन गर्दा र वेबसाइटमा सेक्युर छैन भनिएका लिंक खोल्दा, फ्रि वाइफाइ प्रयोग गर्दा ह्याक हुनसक्नेबार सचेत गराए । इन्फोटेक अवलोकन गर्न आएका शिक्षक कमल पौडेलले आफ्नो डाटालाई कसरी सुरक्षित राख्ने भन्नेबारे जानकारी लिएको बताए ।

क्यानका अध्यक्ष रुक्मागत भण्डारीले कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पुर्‍याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको जानकारी दिए । उनले इन्फोटेकमा बृहत् सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फरेन्स, प्रदेश तथा जिल्लास्तरका टाइपिङ प्रतियोगिता, आइसिटी वक्तृत्वकला प्रतियोगिता, विद्यालयस्तरीय, जिल्ला तथा प्रदेशस्तरीय आइटी क्विज प्रतियोगिता रहेको बताए । क्यानका पूर्वअध्यक्ष चण्डीप्रसाद अर्यालले इन्फोटेक व्यावसायिकमात्र नभई प्रविधिका बारेमा सबैलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको बताए ।

Advertisement

इन्फोटेक मेलामा आइसिटी रोजगारी फारम वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रोबोट प्रदर्शनी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधि प्रदर्शनी, मोबाइल गेमिङ, भर्चुअल रियालिटी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्री वितरण भइरहेको सचिव सेवक क्षितिजले जानकारी दिए ।

तपाईको प्रतिक्रिया