डिसहोमले ल्यायो भोजपुरी च्यानल

समाधान संवाददाता, पोखरा
डिसहोमले भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ । लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिसहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानल सञ्चालन गर्दै आएको छ ।
डिसहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुने रमाइलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुका लागि राइम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँनयाँ नेपाली फिल्म हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्रमात्र प्रसारण हुने प्लस मुभीजस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेको छ । च्यानल थप्दै जाने क्रममा भोजपुरी भाषाको मनोरञ्जनात्मक ‘भोजपुरी म्याजिक’ नामक च्यानल पनि सुरु गरेको हो ।
‘भोजपुरी चलचित्र र गीत प्रसारण हुने च्यानलले नेपाली दर्शकलाई भिन्न मनोरञ्जन दिनेछ,’ कम्पनीले भनेको छ । भोजपुरी भाषाको गीत गाउने कलाकारले उपलब्ध गराएका गीतसमेत यस च्यानलमा प्रसारण गरिने छ । क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई नेपालभर पुर्याउन सहयोग पुग्ने विश्वास डिसहोमले लिएको छ । आगामी दिनमा पनि विभिन्न च्यानल थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।









कुर्सी छोडेर ‘काउन्टर’ मा : जब वडाध्यक्ष आफैं रसिद काट्न तम्सिए…
तनहुँमा खाद्य नमूना संकलन गरिँदै
जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया