बाल अस्पताल बनाउन वाणिज्य बैंको ५० लाखकाे आर्थिक सहयोग

समाधमान संवाददाता, पोखरा
पोखराको लेखनाथमा विशिष्टीकृत बाल अस्पताल खोल्न लागेका डा. भगवान कोइरालाको अभियानलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोइरालाले नाफा नलिने कम्पनीमार्फत ७ वटै प्रदेशमा अस्पताल खोल्न लागेका छन् । त्यसको सुरुआत उनले गण्डकी प्रदेशबाट गर्दैछन् ।
डा कोइरालाले बाल अस्पताल खोल्ने अभियानका क्रममा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापना गरेका छन् । ७ वटै प्रदेशका अस्पताल किओच अन्तर्गत हुनेछन् । वाणिज्य बैंकले अस्पताल भवन निर्माणका लागि किओचलाई ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हो ।
सहयोग सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले बुधबार काठमाडौंमा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैयाँको चेक किओचका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालालाई हस्तान्तरण गरेका थिए ।
किओचका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पुण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरु सञ्चालनमा ल्याउन सघाउ पुग्ने बताए ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल सञ्चालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर वृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सबै प्रादेशिक बाल अस्पलातहरुका लागि स्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल सञ्चालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो । काठमाडौंको बुढानीलकण्ठमा केन्द्रीय अस्पतालको रुपमा स्थापना हुने यो बाल अस्पताल मुनाफारहित कम्पनीको रुपमा रहने र देशका सातै प्रदेशमा सञ्चालन हुनेछ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया