नेपाल आइडल उपाधि पछ्याउँदै पोखराका नेसन र मुस्कान

एसके थकाली
पाेखरा
नेपाल आइडल गायन रियालिटी सोको तेस्रो संस्करण पोखरा उपाधि होडमा छ । यसका लागि पोखराबाट नेसन पुनमगर र मुस्कान रानाभाट अन्तिम ७ मा पुगेका छन् ।
जारी संस्करणको ८ जना प्रतिस्पर्धी मध्ये रचना रिमाल बिहीबार प्रतिस्पर्धाबाट बाहिरिएपछि नेसन र मुस्कानको ७ औं स्थान सुरक्षित भएको हो । नेपाल आइडल रियालिटीमा प्रतिस्पर्धीले गायन कौशलता, योग्यता, दक्षता र क्षमता प्रस्तुत गरी आफूलाई अब्बल सावित गर्ने होडमा छन् ।
नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा नेपाल आइडल बनेका थिए भने दोस्रो संस्करणमा पोखराकै बिक्रम बराल उपबिजेता बने । अहिले लाखौ दर्शकको लोकप्रिय कार्यक्रम नेपाल आइडलको तेस्रो संस्करणको गायन रियालिटीमा पोखराका नेन पुनमगर र मुस्कान रानाभाट अन्तिम ७ मा छन् । यस्तै, दि भ्वाइस अफ नेपालको पहिलो संस्करणमा पोखराका श्रीविजय अधिकारीले उपाधि चुमेका थिए ।
जारी संस्करणको ७ औं प्रतिस्पर्धी मध्ये उपाधि दाबेदारका रुपमा आफूलाई उभ्याएको नेसन पुनको दावी छ । मगरको पुख्यौली थलो म्याग्दी भए पनि उनको परिवार लामो समयदेखि पोखरा बस्दै आएका छन् । उत्कृष्ट १० मा आइपुग्दा उनले २ पटक दर्शकको सर्वाधिक भोट पाए । यस्तै, पोखराकी मुस्कान रानाभाट पनि उनलाई पछ््याउँदै अन्तिम ७ छिन् । पोखरामा भएको नेपाल आइडलको तेस्रो संस्करण अडिसनमा नेसनले दिब्या सुब्बाको तिम्रो मन मेरो लागि बोलको गीत प्रस्तुत गरेका थिए ।
अडिसनको अन्तिम ७ मा आफ्नो गायकीलाई माझ्दै अडिसन मञ्चमा जातीय संस्कृति पस्किएका हुन् । उनले नेवारी संस्कृति, हिमाली संस्कृति र तिब्बतीयन संस्कृतिलाई गीतसँगै प्रस्तुत गरे । उनले नेवारी भाषाको गीत गाउँदा नेपाली संस्कृतिलाई दर्शक माझ प्रस्तुत गरे भने नेपथ्यका अमृत गुरुङले गायको भेडाको उन जस्तो गीतमा हिमाली संस्कृतिलाई उजागर गरे । शुक्रबारको आइडल शो मा नेसनले बुद्ध नेपालको गीत गाउँदै तिब्बतीयन संस्कृतिलाई दर्र्शक माझ देखाए ।
लामो कपाल, हसिलो अनुहार र समधुर आवाजका धनी नेसनलाई मौलिक भेषभूषा राम्रो सुहाएको पाइएको छ । उनको बेजोड आवाज र उनको सांस्कृतिक मौलिक पहिरन, लवज र प्रस्तुतीकरणले निर्णायकलाई समेत प्रभावित तुल्याउँदै आएका छन् । उनी अहिले नेपाल आइडलको उपाधि नजिक पुगेका छन् । उनलाई म्याग्दी र पोखराबाट उत्तिकै सहयोग मिलेको छ । उनले भोटिङ कोड ०८ रहेको भन्दै आफूलाई जिताउन ३७ हजारमा एसएमएस गर्न अनुरोध गरेका छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया