विद्दुत सट भई आगलागी हुदाँ ९५ लाख क्षति

समाधान संवाददाता २०७६ फागुन १८ गते १५:२७

सुन्दरकुमार थकाली
जोमसोम

मुस्ताङ सदरमुका जोमसोममा शुक्रबार राति आगलागी हुदा ९५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय मनोज गोतामेको २ तले ४ कोठा भएको कच्ची घरमा अकस्मात बिद्युत पोलबाट बिद्युत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

आगलागी भएको निज गोतामेको घर भाडामा लिई लामो समय देखि स्थानीय सोममाया ल्वागुनले फेन्सी तथा कस्मेटिक पसल संञ्चालन गर्दै आईरहेकी थिईन् ।

Advertisement

शुक्रबार राति करिव १० बजेको समयमा आगलागी भएको मुस्ताङका निमित्त प्रहरी प्रमुख बिनोद सुवेदीले जानकारी दिए । आईतबार प्रहरीले स्थानीय जनप्रतिनिधि ,राजनितिक दलका प्रतिनिधि ,समाजसेवी लगायतको रोहबरमा क्षति विवरणको मुचुल्का उठाएको छ । प्रहरीका अनुसार स्थानीय मनोज गोतामेको २ तले घर क्षतिको करिव ५० लाख र फेन्सी पसल गरेकी सोममाया ल्वागुनको पसलका सामान ,फर्निचर र नगद ५५ हजार गरी कुल ९५ लाख रुपैया आगलागीबाट क्षति भएको जनाईएको छ ।

यसअघि घरपझोङ –४ का स्थानीयबासीले आगलागी भएको घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको नेपाल बिद्यार्थी संघ मुस्ताङका सभापति असिम शेरचनले बताए । उनले आगलागीपछि स्थानीय प्रशासन र सुरक्षा निकायलाई खबर गरेपछि नेपाली सेना ,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयबासी मिलेर ३ घण्टापछि आगो नियन्त्रणमा लिईएको जनाए ।

Advertisement

जोमसोममा अनाधिकृत रुपमा बिद्युत तथा संञ्चार वायर व्यवस्थित नहुदा आगलागी भएको जनाईएको छ ।आगलागी पीडित सोममायाको पसल रहेको घरसंगै जोडिएको पोलको तारबाट अचानक बिद्युत सट भई आगोलागी भएको पीडित सोममायाले प्रहरी समक्ष बताएकी छिन् । राति पसल बन्द गरी खानखाई माथिल्लो तलमा सुत्न जाने क्रममा आगलागी भएको पीडित सोममायाको भनाई छ ।

मुस्ताङमा आगो नियन्त्रण गर्न वारणयन्त्र नभएकाले समस्या पर्दै आईरहेको छ । यहाका स्थानीय तहले अन्धाधुन्द विकास खर्चमा लगानी गरेपनि सदरमुकाम संरक्षण गर्न वारुणयन्त्र आवश्यक भएको नेबिस संघ सभापति शेरचनले बताए । यस्तै ,स्थानीय निलगिरी उपभोक्ता समिति र नेपाल टेलिकमका छरपस्ट वायरले सदरमुकाममा जोखिम बढेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया