कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो, ६४ देशमा संक्रमण

समाधान संवाददाता २०७६ फागुन १९ गते १२:३१

एजेन्सी

हालसम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ।

विभिन्न मुलुकका आधिकारिक स्रोतहरुबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

Advertisement

शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ कूल दुई हजार ८२४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।

Advertisement

चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय) सम्ममा ५७३ जना नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको सङ्क्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ। 

अहिलेसम्म चीनबाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने कूल १२० जनाको मृत्यु भएको छ।

यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्याङ्को निकै धेरै गुणा भाइरस सङ्क्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो समयमा चीनबाहिर करिब एक हजार ७३ नयाँ विरामीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन्।

दक्षिण कोरियामा अहिलेसम्म तीन हजार ७३६ जनामा सङ्क्रमण भएको र अघिल्लो दिनभन्दा ५८६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने कूल १८ जनाको मृत्यु भएको छ।

इटलीमा कूल एक हजार १२८ जनामा सङ्क्रमण भएको र अघिल्लो दिनभन्दा थप सङ्क्रमण नभएको र कूल २९ जनाको मृत्यु भएको बताइएको छ।

त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कूल ५४ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या आइतबारसम्म थप ३८५ पुगेको र इरानमा कूल ९७८ व्यक्तिले सङ्क्रमणपछि उपचार सेवा लिइरहेको बताइएको छ।

जापानमा कूल २३९ व्यक्ति सङ्क्रमित भई उपचार गरिरहेका बताइएको छ भने कूल ११ जनाको मृत्यु भएको छ।

जापानमा विगत २४ घण्टामा थप नौजनामा सङ्क्रमणको पुष्टि भएको छ। जापानको अर्को छुट्टै स्थान जहाँ डायमण्ड प्रिन्सिेस नामक योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा ७०० जनामा सङ्क्रमण भएको अधिकारीहरूले बताएका छन्।

उल्लेखित तथ्याङ्क सम्बन्धित देशका विश्वसनीय तथा आधिकारिक संस्था तथा विश्वस्वास्थ्य संगठनको सहयोगमा एएफपीले लिएको हो।

तपाईको प्रतिक्रिया