सुख्खा पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

तस्विरः ईन्द्रसिंह शेरचन ।
एसके थकाली, जोमसोम
गत सोमबार देखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक आज बिहिबार बिहान १० बजे देखि खुलेको छ ।
सडक निर्माणको क्रममा अचानक सुख्खा पहिरो गएकाले मुस्ताङको थासाङ गाउँपालिका–४ र ३ को बीचमा पर्ने घैकु खोला आसपास करिव १५ किमी सडक पुरिएको थियो । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीयबासीको पहलमा बुधबार देखि शर्मा गजुरमुखिको उपकरण प्रयोग गरी सडक खुलाईएको मुस्ताङ निमित्त प्रजिअ घनश्याम गौतमले जानकारी दिए ।
यसअघि सडक सफा गर्न अप्ठ्यारो र जोखिम भएकाले बिस्पोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाईएको थियो । बेनी–जोमसोम सडकखण्डका सुपरभाईजर ईन्द्रसिह शेरचनका अनुसार कठिन मेहनतका सडक खुलाइएको बताए । उनले उपकरण चलाउने थप अपरेट मगाएर सडक सफा गरी दोहोरो आउजाउ संञ्चालन भएको बताए ।
सुख्खा पहिरोले सडक भासिएपछि स्काभेटरसहित चालक कालिगण्डकी नदीमा खस्दा सिन्धुपाल्चोकका अर्जुन दाहालको घटना स्थलमै मृत्यु भएको थियो भने एक यात्रुबाहक बसमा क्षति पुगेको थियो । यसअघि सुख्खा पहिरोले सडक अवरुद्ध हुदा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती भोग्दै आएका थिए ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया