पोखरा प्राइम एसेन्स प्रालिको साढे ३३ लाख लिएर गिरी सम्पर्कविहीन

समाधान संवाददाता, पोखरा
पोखरा प्राइम एसेन्स प्रालिको ३३ लाख ६० हजार रुपैयाँ लिएर १ कर्मचारी फरार भएका छन् । रकम लिएर कर्मचारी सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ ।
प्राइम एसेन्स प्रालिले पोखरा न्युरोडमा एनसेल डिलरको काम गर्दै आएको छ । प्रालिका कर्मचारी राजकुमार गिरी रकम लिएर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । उनी शुक्रबार बिहान ११ बजे बैंकमा पैसा राख्न प्रालिबाट निस्केको सिसिटिभी भिडियोमा देखिन्छ ।
बैंकमा पैसा जम्मा नगरेकाका गिरी सम्पर्कमा नआएपछि शुक्रबार दिउँसो २ बजेतिर प्रालिका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । गिरीलाई खोज्ने प्रहरी उनको कोठासम्म गएको थियो । गिरी भने बिहीबारै मासबारबाट कोठा सरेर छोरेपाटन गएका थिए । प्रालिको कमजोरीका कारण पनि गिरीलाई सम्पर्कविहीन हुन सजिलो भएको डिएसपी राजकुमार केसीले बताए । उनले कम्पनीले गिरीको स्थायी ठेगाना वा ३ पुस्ते नराखेका कारण उनको खोजीका लागि समस्या भएको उल्लेख गरे ।









सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया