सडक कामदार र यात्रुको सुरक्षा गर्न निर्देशन

समाधान संवाददाता २०७६ फागुन ३० गते १४:०३

एसके थकाली
जोमसोम

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी÷जोमसोम÷कोरला सडक आयोजनामा कार्यरत कामदार तथा उक्त सडकमा यात्रा गर्ने यात्रुहरुको सुरक्षा बन्दोबस्त व्यवस्थापन गर्न कालिगण्डकी करिडोरलाई निर्देशन दिईएको छ । प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले उक्त निर्णय गरेको हो ।

सुरक्षा समितिले बेनी÷जोमसोम÷कोरला सडकमा बढी मात्रामा खाल्डाखुल्डी हुने गरेको र सडक अवस्था जनाउने सावधानीमूलक सांङ्केतिक बोर्डहरु समेत नरहेकाले सवारी दुर्घटना हुने जोखिम बढेको निश्र्कष निकालेको छ । समितिले उक्त सडकमा कार्यरता मजदुर तथा मेशिन चलाउने अपरेटर लगायतलाई निर्माणधिन स्थलको भौगोलिक अवस्था पहिचान गरी पूर्व तैयारीको उपयुक्त उच्चसुरक्षा रणनिति अपनाएर सडक बिस्तार गर्न कालिगण्डकी करिडोर सडक आयोजनालाई ध्यानआर्कषण गराईएको जिल्ला सुरक्षा समिति मुस्ताङका संयोजक प्रजिअ वेदप्रकास अर्यालले जानकारी दिए ।

Advertisement

समितिले धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले मुस्ताङ भित्रिने पर्यटक तथा यात्रुको जोखिम न्युनिकरण गर्न निर्माण कम्पनी सचेत रहनु पर्ने जनाएको छ ।राष्ट्रिय गौरवको बेनी÷जोमसोम÷कोरला सडक २०७४ साल देखि सुरु भएको हो । बेनी÷जोमसोम ७६ किमी र जोमसोम कोरला १ सय १० किमी सडक स्तरोन्नतिका क्रममा हालसम्म २३ जना कामदारले ज्यान गुमाएका छन् भने ४ जनाले यात्रुको मृत्यु भईसकेको सुरक्षा समितिले जनाएको छ । जोमसोम÷कोरला सडकखण्ड अन्तर्गत २०७५ सालमा लोघेकर दामोदरकुण्ड गाउपालिकाको स्याङ्वचेमा भएको टिपर दुर्घटनामा करिव २० कामदारले ज्यान गुमाएका थिए । यस्तै सडक निर्माणको क्रममा कैयौ कामदार घाईते भएका थिए । पछिल्लो समय मुस्ताङको थासाङ गाउपालिका–४ घैकु खोलामा सुख्खा पहिरो जादा डोजर अपरेटरको मृत्यु भएको थियो । म्याग्दी र मुस्ताङबीचको सडकमा सुख्खा पहिरो जाने , सडक माथिबाट ढुङ्गा खस्ने र सडक हिलाम्मे हुने लगायतका कारणले सडकमा यात्रा गर्ने यात्रुले जोखिम मोल्न अवस्था रहेको समितिले उल्लेख गरेको छ ।

समितिले जिल्लामा हुनसक्ने अवान्छित गतिबिधि रोक्न सूचना संकलनकार्यलाई अघि बढाउने निर्णय गरेको प्रजिअ अर्यालले बताए । उनका अनुसार सडक निर्माण लगायत अन्य विकास पूर्वाधार निर्माणमा संलग्न कामदार तथा पर्यटकले बिकृति फैलाउने आशङ्का गरिएको पाईएमा कारवाही गर्ने जनाएको छ ।

Advertisement

यस्तै, सुरक्षा समितिले हाल देखिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ )का कारण जिल्लामा हुने सबै प्रकारका सुरक्षा रणनिति अख्तियार गर्ने जनाएको छ । समितिले पर्यटकक्षेत्र तथा सीमाक्षेत्रमा हेल्थ डेस्क स्थापना गर्न सुरक्षा निकाय तथा स्वास्थ्य कार्यालयलाई परिचालन गर्ने निर्णय गरेको छ । कोरोनाका कारण बजारमा हुने कृतिम अभाव रोक्नका लागि नियमित बजार अनुगमनलाई तिब्रता दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया