‘रुघाखोकी लाग्दैमा कोराना हुँदैन’

समाधान संवाददाता २०७६ चैत २ गते १३:२२
sf]/f]gf dfO/; ;+qmd0f / /f]syfdsf] k"j{tof/L ;DjGwdf hfgsf/L lbg :jf:Yo lgb]{zgfno4f/f zlgaf/ cfof]lht kqsf/ ;Dd]ngdf u08sL k|b]zsf d'VodGqL k[YjL ;'Aaf u'?ª . d'VodGqL u'?ª sf]/f]gf lgoGq0f / k|ltsfo{ pRr:t/Lo lgb]{zs ;ldltsf] ;+of]hs ;d]t x'g'x'G5 . t:jL/ xl/ af:tf]nf, /f;;

अनुप पौडेल
पोखरा

अहिले सामान्य रुघाखोकी, ज्वरो आउँदा र श्वासप्रश्वासमा कुनै समस्या देखिए अस्पताल पुग्ने क्रम बढेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरससँग मिल्दो लक्षण देखा परेर अस्पताल पुग्ने क्रम बढेको तर यसबाट आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्मा भन्छन्, ‘अहिले सामान्य रुघाखोकी लागे पनि कोरोना भइहाल्यो कि भन्ने आशंका बढेको छ । तर आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ आत्तिनुपर्ने अवस्था नभए पनि सतर्कता भने अपनाउन उनको सुझाव छ ।

Advertisement

हालसम्म गण्डकी प्रदेशमा ५ जना शंकास्पद व्यक्ति भेटिएको तर २ जनाको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । बाँकी ३ जनाको रिपोर्ट आउन बाँकी छ । तत्कालका लागि अहिले गण्डकी प्रदेशमा १ सय बेड क्षमताको आइसोलेसन स्थापना गरिसकेको बताए । उनले भने, ‘हामीले तत्कालका लागि १ सय बेड क्षमताको आइसोलेसन स्थापना गरेका छौं । उद्धारका लागि एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ ।’

क्वारेन्टाइन स्थल व्यवस्थापनका लागि ठाउँ खोजी भइरहेको उनले बताए । पोखराका ४ अस्पतालमा ७० बेड र तनहुँको १ अस्पतालमा ३० बेड गरी ५ अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मनिपाल शिक्षण अस्पतालले १५, गण्डकी मेडिकल कलेजले १५, चरक मेमोरियल अस्पतालले ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले १० र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रले ३० बेड तयारी अवस्थामा राखेका छन् ।

Advertisement

‘उन्नत प्रविधि छैन, सरकार पूर्व तयारीमा जुटेको छ ’
कोरोनाको रोकथामका लागि प्रदेश सरकारले बजेटमा कुनै कमी हुन नदिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घोेष गरेका छन् । सबै विधि प्रक्रिया पुर्‍याएर प्रदेश सरकार कोरोना रोकथामका लागि बजेट दिन तयार रहेको उनले स्पष्ट पारे । ‘१ अर्ब खर्च गर्न पर्‍यो भने पनि कोरोनाका लागि त्यो खर्च गर्न गण्डकी प्रदेश सरकार तयार छ,’ उनले भने, ‘कोरोनाको नाममा हाम्रो थैली जता पायो त्यहीँ फुकाउन भएन । त्यसमा पारदर्शिताको कुरा छ, विधि प्रक्रियाको कुरा छ । यही कुराले कहिलेकाहीं ढिलो चाँडो हुन सक्छ ।’

कोरोनालाई युद्धको रुपमा चित्रण गर्दै मुख्यमन्त्री गुरुङले यसबाट जोगिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । ‘यो युद्ध हो । सामान्य अरु बेलाजस्तो समय होइन । यसबाट सिपाही, कमान्डरमात्र होइन, सबै जना मर्छन्,’ उनले भने, ‘रोगले मान्छे हेर्दैन सबै सचेत भएर लाग्नुपर्छ ।’ कोरोना लाग्नै नदिने सिद्धान्तमा आधारित रहेर प्रदेश सरकारले काम गरिरहेको उनले सुनाए । ‘यो आउनुभन्दा अगाडि रोकथाम कसरी गर्ने भन्नेमा हामी केन्द्रित छौं । भोलि आइहाल्यो भने हामीसँग उन्नत प्रविधि छैन, अस्पतालमा पूर्वाधार राम्रो छैन । त्यसैले प्रदेश सरकार सचेत भएर पूर्वतयारीमा जुटेको छ,’ उनले भने । सचेतना फैलाउने काम केन्द्र र प्रदेश सरकारबाट मात्र नभई स्थानीय तहले पनि गर्नुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका सबै जिल्लामा आइसोलेसन बेड स्थापनाको काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइन् । उनले भनिन्, ‘म म्याग्दी, बागलुङ लगायतका जिल्लामा पुगेर हेरेँ । त्यहाँका अस्पतालमा पनि बेड छुट्याइएको छ ।’

‘बजारमा कुनै वस्तुको अभाव छैन’
कोरोना भाइरसका कारण भविष्यमा हुन सक्ने उपभोगय वस्तु अभावलाई मध्यनजर गर्दै अहिले बजार अनुगमन तीव्र पारिएको छ । अनुगमन हुँदाहुँदै पनि बजारमा उपभोगय वस्तु अभाव र मूल्य वृद्धि हुन थालेको उपझोक्ताको गुनासो छ ।

तर सरोकारवाला निकायले भने बजारमा कुनै पनि वस्तुको अभाव र मूल्यवृद्धि नभएको बताएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको अभाव भएको कतै नभेटिएको बताएका हुन् । दैनिक अनुगमनको काम भइरहेको जानकारी दिँदै उनले भने, ‘उपभोक्ताको गुनासो आएपछि २ हप्तादेखि निरन्तर अनुगमन गरिरहेका छौं । मास्कको कालोबजारी गर्ने २ वटा मेडिकलमाथि कारबाही पनि ग¥यौं ।’

खाना पकाउने ग्याँसको अभाव भयो भन्ने कुरामा कुनै सत्यता नभएको प्रजिअ केसीले बताए । आफूहरुले डिलरमा पुगेर अनुगमन गरेको र त्यहाँबाट अभाव सिर्जना नभएको जानकारी पाएको उनले सुनाए । उपझोक्ताको माग ह्वात्तै बढेकाले समस्या भएको तर आपूर्ति भने नरोकिएको उनले जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शुक्रबारमात्र लेकसाइडका केही किराना पसल तथा डिपार्टमेन्टल स्टोरमा पुगेर छड्के अनुगमन गरेका थिए । ग्राहक बनेर अनुगमन गर्न पुगेका उनले बढी मूल्य लिनेलाई कारबाही गर्नसमेत निर्देशन दिएका छन् ।

प्रदेश सरकारले विभिन्न विषयगत समिति बनाएर कोरोना संक्रमणबाट जोगिनका लागि तयारी गरिरहेको छ । कोरोनाको रोकथामका लागि मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशन समिति, प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्तरीय निर्देशन समिति र अन्य विभिन्न १० वटा विषयगत समिति गठन भएका छन् ।

विश्वभर अहिले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिएको छ । नेपालमा पनि कोरोनाले आतंक मच्चाएको छ । घर, चोक, सडक हरेक ठाउँमा कोरोनाकै चर्चा छ । हालसम्म कोरानाका कारण ५ हजार बढीले ज्यान गुमाएका छन् भने १ लाख ३२ हजार बढी मानिसमा संक्रमण फेला परेको छ ।

‘रुघा नलागी मास्क लाउनु पार्दैन’
छातिरोग डा. सिपी आचार्य नेपालमा कोरोनाकै डरले मास्क लगाउनेको संख्या बढेको तर मास्क लगाउनुपर्ने अवस्था सिर्जना भइनसकेको बताउँछन् । उनले स्वस्थ मानिसले मास्क लगाउँदा आवश्यक परेकाले पनि मास्कको प्रयोग गर्न नपाएको बताए । डा. आचार्यले भने, ‘स्वस्थ मानिसले मास्क लगाइरहनुपर्ने अवस्था छैन । सबैले मास्क लगाइँदिदा आवश्यक परेकाले किन्न पनि पाएका छैनन् ।’

तपाईको प्रतिक्रिया