शुक्लागण्डकीमा फेरि चितुवाको आक्रमण

समाधान संवाददाता २०७६ चैत ४ गते १३:५३

समाधान संवाददाता
दुलेगौंडा

तनहुँको शुक्लागण्डकीमा फेरि २१ महिने बालिकालाई चितुवाले आक्रमण गरेको छ । शुक्लागण्डकी ३ वनकेवा निवासी नारायण न्यौपानेकी २१ महिने संस्कृति न्यौपानेलाई सोमबार साँझ आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

आमाले बाथरुममा कपडा धुँदै गर्दा सँगै रहेकी छोरीलाई चितुवाले आक्रमण गरेको थियो । आक्रमण लगत्तै आमाले छोरीलाई तानेर बचाउन सफल भएको वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । घाइते बालिकाको दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपछि पोखराको मनिपाल शिक्षण अस्पताल लगिएको प्रहरी निरीक्षक रेग्मीले बताए । बालिकाको पेट, खुट्टासहित विभिन्न अंगमा चोट लागेको छ । बालिकाको अवस्था खतरामुक्त रहको बताइएको छ ।

Advertisement

यसअघि सोही वडाको रातमाटास्थित राजु नेपालीका २२ महिनाका छोरा रविन नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । योसँगै ८ जना बालबालिका घाइते भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया