भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

समाधान संवाददाता २०७६ चैत ४ गते १५:०७

एजेन्सी

भारतमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

मंगलबार मुम्बईस्थित कस्तुर्बा अस्पतालमा कोरोनाभाइरस संक्रमित ६४ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा यसबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।

Advertisement

महाराष्ट्रमा मात्रै अहिलेसम्म ३६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये आज मृत्यु हुने उनी एक हुन्। उनी महाराष्ट्रमा कोरोना भाइरसबाट मृत्यु हुने प्रथम व्यक्ति समेत हुन्।

यसअघि कर्नाटकका ७६ वर्षीय वृद्धको एउटाबाट अर्को अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। उनको गत बिहीबार मात्रै संक्रमण भएको पुष्टि भएको थियो।

Advertisement

अर्को दिन राम मनोहर लोहिया अस्पतालमा उपचाररत जनकपुरीकी ६८ वर्षीया वृद्धाको पनि कोभिड-१९ बाटै मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

तपाईको प्रतिक्रिया