कालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले आफूले पाउने सेवा सुविधाबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । सांसद थापाले बुधबार पोखरा ३३ भरतपोखरीस्थित कालिका माध्यमिक विद्यालयका १ सय ३५ विद्यार्थीलाई विविध शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
सांसद थापाले सामुदायिक विद्यालयले अझै पनि गुणस्तर सुधारमा ध्यान नदिएको बताए । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयले गुणस्तर कायम गर्न नसक्दा हरेक वर्ष विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आइपरेको उनले सुनाए ।
‘पहिले सामुदायिक विद्यालयको स्वीकृति दिँदा कुनै सर्वेक्षण नगरी नजिक नजिक स्वीकृति दिएको र भौगोलिक विकटताका कारण अहिले बन्द हुने विद्यालय संख्या बढ्दै गएको देखिन्छ,’ उनले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर र आकर्षण बढाउन सम्बन्धित सरोकारवाला निकायले विशेष ध्यान दिनु जरुरी छ ।’
उनले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुदका क्षेत्रमा पनि जोड दिन सुझाए । शैक्षिक सामाग्रीसँगै सांसद थापाले विद्यालयलाई पानी तान्ने मोटर पनि हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा ३३ का अध्यक्ष शिव आचार्य, विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, शिक्षक, अभिभावक, नेपाली कांग्रेस वडा इकाइ सभापति रामचन्द्र पौडेल, लायन्स क्लबका डिआर पोखरेल लगायतको उपस्थिति थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल पुनको अध्यक्षतामा भएकोे कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक ध्रुव पौडेलले गरेका थिए ।









पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया