मुक्तिनाथ र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक

एसके थकाली, जोमसाेम
विश्वभर हाल माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस ( कोभिड–१९ ) को विश्वव्यापी सक्रमणलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास समितिले सोमबार देखि लागु हुने गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ को प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र वारागुङ मुक्तिक्षेत्र–४ को कागबेनी श्राद्ध स्थल प्रवेशमा तिर्थालुलाई रोक लगाईने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आईतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । यसअघि कोरोना प्रकोपलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेका निर्णयहरु समेतका आधारमा मुस्ताङ जिल्लाको पवित्र धार्मिक स्थलमा पर्यटक तथा तिर्थालु आवागमन नरोकिएकाले अर्को व्यवस्था सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाईएको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रजिअ वेदप्रकास अर्यालले कोरोना संक्रमण फैलिने संम्भावना बढेकाले आन्तरिक तथा बाह्य पर्यटक तथा तिर्थालुलाई धार्मिक केन्द्रहरुमा प्रशेमा रोक लगाईएको बताए । उनले कोरोना संक्रमण रोकथामका लागि विभिन्न कार्यक्रम सुरु भएको जानकारी दिए ।

पवित्र धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिर ।तस्बिरः एसके थकाली








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया