प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
समाधान संवाददाता
२०७६ चैत ९ गते १४:२०

समाधान संवाददाता, काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। आजको बैठकले कोरोना रोकथामका लागि कदम चाल्न आवश्यक निर्णय लिन सक्ने स्रोतको भनाइ छ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर आएपछि प्रधामन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।
मिर्गौला प्रत्यारोपण गर्न जाने अघिल्लो दिन फागुन १८ गते मन्त्रिपरिषद बैठक बसेको थियो।
सोही बैठकले उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथामका लागि उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो।
सम्बन्धित









सरकारको मुख्य काम चुनावः घिसिङ
मतदाता संख्या १ करोड ८९ लाख
लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया