सुनसान पोखरा, उल्लङ्घन गर्नेलाई ६ महिना कैद हुन सक्ने

समाधान सम्वाददाता
सरकारले विश्वभर महाहारीका रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्न घोषणा गरेको ‘लक डाउन’ लाई अधिकांक पोखराबासीले साथ दिएका छन् । मुख्य शहरका प्राय जसो सबै पसल बन्द छन भने सवारी साधानहरु ज्यादै कम मात्रामा चलेका छन्
अहिलेसम्म पोखरा र आसपासमा कोरोना भाइरसका संक्रमित नदेखिएको भएपनि देशको राजधानीमा दखिएपछि देशैभरी फैलन सक्ने खतथरा छ । भाइरस फैलियो भने नेपाले उपचार गर्न नसक्ने अवस्सथा भएकाले सरकारले फैलिन नदिन हरसम्भव उपाय अपनाएको छ । त्यसैको प्रतिफल लक डाउन घोषणा गरिएको हो । यो एक हप्ते लक डाउनलाई पूर्ण पालना गर्ने हो भने कोरोनालाई पराजित गर्न सक्ने विश्वास सरकारले लिएको छ ।
अधिकांश पोखरेली घर भित्रै बसे पनि केही भने अटेर गरेर सडकमा निस्किरहेका छन् । उनीहरुलाई घर भित्रै बस्न दवाव दिन कास्की प्रहरीले स्थानीय नागरिकलाई समेत आग्रह गरेको छ । कसै एक जनाको लापरवाहीले यो ब्यापक रुपमा फैलन सक्ने भएकाले खेल ठट्टा नसम्झन जिल्ल प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले आग्रह गरेका छन् । उनले अटेर गर्नेलाई ६ महिनासम्म कैदमा पठाउन सकिने कानुन रहेको स्मरण गराउदै त्यो अवस्था सृजना हुन नदिन अपिल गरेका छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया